प्रचण्ड देब्रे बनेपछि बेरोजगारको नाममा अभियान

९ असार २०७०, आईतवार ०७:३३ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ९ असार । बन्द रहेका राष्ट्रिय लगानिका उद्योगहरू खोल्न सरकारलाई दवाव दिने भन्दै बेरोजगार युवा संघ नेपालले देशव्यापी अभियान सुरू गरेको छ । ‘बन्द उद्योग संचालन गरौ, आर्थिक समिद्धिको अभियानमा जुटौं, बेरोजगार युवालाई स्वदेशमै रोजगार दिउ’ भन्ने नारासहित संघले अभियान शुरु गरेको हो । कुनैबेला वाइसीएलको काठमाडौं उपत्यका इञ्चार्ज रही पछिल्लो चरणमा प्रचण्डको कोपभाजनको शिकार बनेका चन्द्रबहादुर थापा ‘सागर’ उक्त संघका केन्द्रिय अध्यक्ष रहेका छन् । 
रूपन्देहीमा क्रियाशील राजनैतिक पार्टीका युवा तथा विद्यार्थी संगठनहरूसँग विगत लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखाना संचालन पहलको लागि संघले बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अन्तरक्रिया कार्यक्रममा ‘बेरोजगार नेता’ सागरले राजनैतिक परिवर्तनमा एकाकार भई लडेका युवा संघ/संगठनहरू अब आर्थिक समृद्धिको अभियानमा एकपटक एक भइ अगाडि बढ्नुको विकल्प नरहेको वताए । उनले बेरोजगारि समस्या कुनै संगठनमा आवद्ध युवाको मात्र नभई समग्र १ करोड १३ लाख नेपाली युवाहरू साझा समस्या भएकोले त्यसको हल गर्न सामुहिक सहकार्य र संघषको आवश्यकता रहेको वताए । उनले सरकारी स्वामित्वमा रहेका विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, विरगंज चिनि कारखाना, बुटवल धागो कारखाना लगागतका बन्द उद्योगहरू संचालन भएमा हजारौँ युवाले रोजगारी पाउने सम्भावना रहेको वताउदै उद्योग संचालन गर्न सरकारलाई दवाव दिन आवश्यक रहेको बताए ।
अन्तरक्रियामा नेपाल तरूण दल रूपन्देहीका अध्यक्ष चिरञ्जिवि पौडेल, वाइसिएल नेपाल रूपन्देहीका अध्यक्ष संन्दिप चापागाई, युवा संघ रूपन्देहीका अध्यक्ष सरिता श्रीष, तराई मधेश युवा फ्रन्ट रूपन्देहीका अध्यक्ष श्रीनिवास यादव, राष्ट्रिय युवा मोर्चा रूपन्देहीका अध्यक्ष दल बहादुर थापा, मधेशी युवा फोरमका गुरूवचन यादव, मधेशी युवा फोरम लोकतान्त्रिक रूपन्देहीका सचिव होमबहादुर चौधरी, नेविसंघ रूपन्देहीका अध्यक्ष प्रकाश राना, अखिल (क्रान्तिकारी) रूपन्देहीका अध्यक्ष रश्मी बस्याल, अनेरास्ववियू (क्रान्तिकारी) रूपन्देहीका अध्यक्ष विष्णु थापा, राप्रविसंघ नेपालका अध्यक्ष दिपक शर्मा लगायतले बोल्दै धागो कारखाना संचालनार्थ राजनैतिक आस्था विचार जहा भएपनि आर्थिक समृद्धि र रोजगारिको अभियानमा एक भई अगाडि बद्ने प्रतिबद्धता गरेका छन् ।
साथै बुटवल घागो कारखाना संचालनार्थ ११ सदस्यीय ‘बुटवल घागो कारखाना संचालनार्थ संयुक्त युवा विद्यार्थी संघर्ष समिति रूपन्देही’ गठन गरेका छन् । जसमा मानबहादुर रोकाय, मदन खड्का, चिरञ्जीवि पौडेल, संन्दीप चापागाई, सरिता श्रीष, श्रीनिवास यादव, दलबहादुर थापा, विष्णु थापा, गरूवचन यादव, होमबहादुर चौधरी, दिपक शर्मा सदस्य रहेका छन । अन्तरक्रिया कार्यक्रम बेरोजगार युवा संघ रूपन्देहीका सचिव प्रकाश अधिकारीको संचालन तथा अध्यक्ष मदन खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा