पश्चिमा देशमाथि आरोप लगाएर एमाओवादीले चुनाब भाँड्न लागेको कोइरालाको दाबी

९ असार २०७०, आईतवार ०७:२८ मा प्रकाशित

काठमाडौं, ९ असार । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले अनेक बहानावाजी गरेर एमाओवादीका प्रमुख नेताहरुले संविधानसभाको चुनाव फेरि पनि हुन नदिने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् । भावी निर्वाचनमा आफ्नो पार्टीको नराम्रो पराजय हुने देखेर एमाओवादीले निर्वाचन सार्ने र टार्ने झेली खेल सुरु गरिसकेको कोइरालाले बताए । ुपश्चिमा राष्ट्रले निर्वाचन नचाहेकोु भनी केही दिनअघि बाबुराम भट्टराईले दिएको अभिव्यक्ति यही षड्यन्त्रको उपज भएको कोइरालाको दाबी छ ।
शनिबार सुन्दरीजलस्थित वीपी संग्रहालयमा सञ्चारकर्मीमाझ सभापति कोइरालाले एमाओवादीले आफूले चुनाव नचाहेको तथ्य ढाकछोप गर्न विदेशी मित्रराष्ट्रहरुतिर आरोप वर्षाएको उल्लेख गर्दै अर्कालाई औंल्याएर आफू चोखिन नसकिने चेतावनी दिए । भट्टराईको अभिव्यक्तिलाई खतरनाक अभिव्यक्ति भन्दै अब जनताले एमाओवादीको छलकपट थाहा पाइसकेकोले जनताले उनीहरुलाई ठेगान लगाउने कोइरालाले बताए ।
भारत, चीन, युरोपियन युनियनलगायत सबै राष्ट्रले नेपालमा स्थायी शान्ति र दिगो विकासका लागि चाँडो निर्वाचन होस् भन्ने चाहेको बताउँदै सभापति कोइरालाले एमाओवादीको मधेस स्वायत्त प्रदेश चुनावी रणनीति भएको भन्दै त्यो पनि कांग्रेसलाई मान्य नहुने धारणा प्रकट गरे । मधेसी पार्टीले जे चाह्यो त्यही हुन्छ भन्ने ठान्नु भ्रम मात्र रहेको कोइरालाको कथन थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।