
काठमाडौ, २६ चैत्र । माओवादी लडाकुको रेखदेख, समायोजन तथा पुनस्थापना विशेष समितिले अस्थायी शिविरहरु चैत ३० गतेभित्र खाली गरी नेपाली सेना र सशस्त्र प्रहरी बललाई जिम्मा लगाउने निर्णय गरेको छ । लडाकुहरु रहेको १५ मुख्य शिविर र सहायक शिविरमध्ये १२ शिविर सेनालाई र ३ शिविर सशस्त्रको सुरक्षामा नियन्त्रणमा रहने छ ।
समितिका सदस्य तथा अर्थमन्त्री वर्षमान पुनले दिएको जानकारी अनुसार विशेष समिति सचिवालयका पदाधिकारीहरु मुख्य तथा सहायक शिविरमा पुगिसकेका छन् ।
मन्त्री पुनले दिएको थप जानकारी अनुसार विशेष समितिका पदाधिकारीहरु पनि चैत ३० गते मुख्य शिविरहरुमा पुग्ने कार्यक्रम छ । स्वैक्षिक अवकास तथा पुनःस्थापनामा जाने लडाकुका लागि शान्ति मन्त्रालयले २ अर्ब बजेटको माग गरेको भए पनि सरकारले १ अर्बमात्र निकासा दिन सकेको र उक्त रकमको चेक मुख्य तथा सहायक शिविरमा पुगिसकेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तव आफ्नो कार्यकाल सम्हाल्न काठमाडौं आइपुगेका छन् । उनी शनिबार दिउसो ४ः ०० बजे
सिन्धुपाल्चोक । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले स्थानीय तह निर्वाचनमा जस्तो प्रदेश र संघको चुनावमा नेपाली कांग्रेसको
काठमाडौं । आर्थिकरूपमा धराशायी भएको घोषणा गरेको श्रीलङ्कालाई सघाउन अमेरिकी उच्चस्तरीय प्रतिनिधिमण्डल यहाँ आउने भएको छ । अमेरिकी अर्थ मन्त्रालय
काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेकपा एमालेसँग कार्यगत एकता हुनसक्ने