निर्वाचनलाई साझा लक्ष्य बनाउन अध्यक्ष रेग्मीको आग्रह

८ असार २०७०, शनिबार २२:२१ मा प्रकाशित

काठमाडौं, ८ असार । संविधानसभाको दोस्रो निर्वाचनका लागि सरकारले आवश्यक तयारी पूरा गरेको चुनावी मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दाबी गरेका छन् । मृगेन्द्र सम्झना चिकित्सा गुठीद्वारा राजधानीमा शनिबार आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले अब राजनीतिक दलले माहौल तयार गर्दै जनसहभागितामा उत्साह ल्याउन आवश्यक भएको जिकीर गरे ।
वर्तमान सरकारको एकमात्र लक्ष्य निर्वाचन सम्पन्न गर्नु रहेको दोहोर्याउँदै उनले
निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैको साझा लक्ष्य बन्नुपर्ने र केही प्राविधिक पक्षलाई कोट्याएर निर्वाचनका बारेमा भ्रम सिर्जना गर्न नहुने तर्क गरे ।
अध्यक्ष रेग्मीले सबै पक्षको उत्साहजनक सहभागिता र क्रियाशीलता निर्वाचनमा लगाउन राजनीतिक दल, नागरिक समाजलगायत सबै पक्षसँग आग्रह गरे। समाजिक सेवा कुनै पेसा वा व्यवसाय बन्न नहुने चर्चा गर्दै उनले सामाजिक सेवा गरेबापत केही आर्थिक अपेक्षा पनि गर्न नहुने विचार राखे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट