बाढी आउनुमा भारत नै कारक : महासचिव वादल

८ असार २०७०, शनिबार २२:०२ मा प्रकाशित

काठमाडौं, ८ असार । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले बाढीपहिरोबाट पीडित जनतालाई उद्दार, राहत र व्यवस्थापनमा राज्य पक्षले गरेको ढिलाई र राहत पुनःस्थापनाका लागि छुट्टयाएको रकम ज्यादै न्यून भएको तथा पुनःनिर्माण कार्यमा राज्यद्वारा यथाशीघ्र कदम चाल्नुपर्ने बताएका छन् । बाढीपहिरोका कारण अलपत्र परेका तीर्थ गर्न तथा रोजगारीका लागि भारत गएका नेपालीहरूलाई यथाशीघ्र उद्दार गर्न पनि उनले आग्रह गरेका छन् । 
भारतले धौलीगंगा बाँध खोलिदिएकोले बाढी आएर दार्चुलामा ठूलो क्षति पुगेको आरोपमाथि बल पुर्याउँदै महासचिव बादलले दार्चुलामा बाढी आउनुमा भारतीय पक्षको हस्तक्षेपकारी भूमिका कारक रहेको दाबी गरे । शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले
सीमा नदी महाकालीपारी भारतीय पक्षले एकपक्षीयरुपमा धौलीगङ्गा बाँध बाँध्नु, नदी किनारमा तटबन्ध बनाउनु र वर्षातपछि नेपाललाई जानकारी नै नदिई बाँध खोल्नुले नै क्षति भएकोले यो हस्तक्षेपकारी बिनास हो भनेका छन् । बादलले दार्चुलामा आएको बाढीका साथै पूर्ण मनसुनमा लक्ष्मणपुर, खुर्दलौटन, गण्डक र कोसी बाँधले पुर्‍याउन सक्ने क्षतिबारे तत्काल भारतीय पक्षसँग संवाद गरी सम्भाव्य अरु क्षति रोक्न यथाशीघ्र पहल गर्न सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।

न्युयोर्क । अमेरिकी विद्युती गाडी कम्पनी टेस्लाका मालिक एलन मस्कको स्पेसएक्सले अन्तरिक्षमा पठाएको रकेट अनियन्त्रित भई चन्द्रमामा दुर्घटना र बिस्फोट