गैर आवासीय नेपाली संघ युरोपेली क्षेत्रिय वैठक स्वीटजरल्याण्डमा सुरु

८ असार २०७०, शनिबार १८:५७ मा प्रकाशित

स्विजरल्याण्ड, ८ असार । गैर आवासीय नेपाली संघ एनआरएनको युरोपेली क्षेत्रिय वैठक शनिवार स्वीटजरल्याण्डमा सुरु भएको छ । युरोपमा नेपाली एकता, प्रगति र पहिचान र सामुहिक लगानीका लागि नयाँ अयिभान भन्ने मुल नाराका साथ आयोजित उक्त कार्यक्रम आइतवार सम्म चल्ने छ ।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली राजदुत शंकर बैरागीले आर्थिक कुटनिती र एनआरएनको अभियानलाई निरन्तरता दिन सकिएमा नेपालको हितमा हुने बताउनु भयो । कार्यक्रमका अर्का अतिथी स्जीटजरल्याण्डका पुर्व फेडरल चान्सलर आनामारी होवर होच्चले गत फेव्रुअरीमा नेपाल भ्रमणको अनुभवलाई कोट्याउँदै नेपालम महिला शसक्तिकरण र महिला अधिकारको क्षेत्रमा काम गर्न आफु सहयोग गर्न तयार रहेको बताइन ।

एनआरएन आइसीसीका अध्यक्ष जिवा लामिछानेले चिनजान र पहिचान गर्न गराउन मात्र संगठनमा लाग्नु भन्दा साँच्चिकै संगठनलाई समय दिएर अगाडी बढाउन एनआरएनमा लाग्न अनुरोध गरे । आफ्नो स्वागत मन्तव्यमा आँफु आगामी कार्यकालका लागि उम्मेदवार नभएको स्पष्ट पारे ।

एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले व्यक्ति जति धनि भए पनि देश संपन्न हुन नसके पहिचान नहुने हुनाले देश निर्माणका लागि सवै लाग्नु पर्ने बताए ।

सम्मेलनमा युरोपेली क्षेत्रका अन्तराष्टिय समन्वयन्य परिषद र राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरुको उपस्थिती रहेको छ । कार्यक्रम एनआरएन स्वीजरल्याण्डका महासचिव हिरा लाल गुरुगं र एनआरएन बेलायतका महिला संयोजक संगिता मरहठ्ठा ले संचालन गर्नु भएको कार्यक्रमको उद्घाटन एनआरएन आइसीसीका अध्यक्ष जिवा लामिछानेको सभापतित्वमा र स्जीटजरल्याण्डका पुर्व फेडरल चान्सलर आनामारी हँवर होच्च, नेपाली राजदुत शंकर बैरागी, एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले दिप प्रज्जलन गरेर संयुक्त रुपमा गरेका थिए ।

कार्यक्रममा नेपाल र स्वीटजरल्याण्ड दुवै देशको राष्ट्रिय गान बजाइएको थियो । आयोजक देशका तर्फबाट एनआरएन स्वीटजरल्याण्डका अध्यक्ष विनय श्रेष्ठ र आइसीसी सदस्य प्रितम गुरुगले आयोजकहरुको तर्फबाट सवैलाई धन्यबाद ज्ञापन गरेका थिए । उद्घाटन पश्चात विभिन्न विषयहरुमा समुहगत छलफलहरु गरिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली कांग्रेस सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने तयारी गरेका छन् । केन्द्रीय समिति

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का

काठमाडाैं ।नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकारमा सामेल राजनीतिक दलहरू स्थानीय तहलाई जन प्रतिनिधि विहीन बनाउने षडयन्त्र भएको आरोप लगाएका

डोटी । पुरानो क्षेत्रीय सदरमुकाम दिपायलस्थित जोगिडाब्रेमा रहेको सेती प्राविधिक शिक्षालयका प्रमुख वीरेन्द्रबाबु यादवमाथि छानविन सुरु भएको छ । कुखुरा

आजको प्रमुख समाचार