अलपत्र नेपाली तिर्थयात्रु हरिद्वारमा, बेखर्ची भएकोले घरफिर्तीमा समस्या

८ असार २०७०, शनिबार १२:२५ मा प्रकाशित

काठमाडौ, ८ असार । भारतको उत्तरारखण्डमा गएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या ५ सय साठी पुगेको बताइएको छ । अलपत्र पर्नेको संख्या हजारौं रहेको छ भने अलपत्र परेकाहरुलाई उद्दारका लागि भारत सरकारले २८ वटा हेलिकप्टर परिचालित गरेको छ । 
यसैक्रममा अलपत्र परेका ७ सय नेपालीहरुलाई उत्तराखण्ड सरकारको टोलीले उद्धार गरेको छ । उद्दार गरी उनीहरुलाई उत्तराखण्डको हरिद्वार पुर्याइएको बताइएको छ । ज्यान जोगाएर हरिद्वार पुग्न सफल भए पनि खर्चको अभावमा घर फर्कन नसकी ती फेरि हरिद्वारमै अलपत्र पर्न लागेका छन् । हरिद्वारका विभिन्न केन्द्रहरुमा रहेका नेपालीहरुलाई घर फिर्ताको लागि नेपाल सरकारको तर्फबाट कुनै पहल नभएकोले घर फिर्ताको लागि पहल गर्न उनीहरुले नेपाल सरकारसँग अपिल गरेका छन् । तिर्थयात्रामा गएका नेपालीमध्ये करिब दुई दर्जन भने बेपत्ता भएको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४