अमेरिकी कानूनव्यवसायीले भने– लुम्बिनीको विकासमा एकता जरुरी

८ असार २०७०, शनिबार ११:५९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ८ असार । लुम्बिनी क्षेत्रको शान्ति तथा विकाशका लागी लुम्बिनी बिकाश कोष, स्थानिय बासीन्दा तथा सरोकारवालाबिच सम्बाद र सम्पर्क हुनु पर्नेमा नेपाल तथा अमेरीकाका कानुन ब्यबसायीले जोड दिएका छन् । लुम्बिनीको शान्ति, बिकाश तथा सौहाद्रताका लागी मेलमिलापीकरणक बिषयक कार्यशालाका सहभागीले उक्त निचोड निकालेका हुन् । मिडीयटर्स बियोन्ड बोर्डर ईन्टरनेशनल (एमबिबिआई) अमेरीका तथा रुपन्देही बार एशोसियसनको संयुक्त कार्यशालामा सहभागीहरुले लुम्बिनी बिकाश कोष र स्थानियबासिन्दा तथा सरोकार वाला बिच समन्वय हुन नसक्दा त्यहा सुस्त गतिमा बिकाश भैरहेको बताए । उनिहरुले लुम्बिनी क्षेत्रको मुख्य समस्या का रुपमा प्रदुषण लाई औल्याउदै प्लास्टीक मुक्त क्षेत्र ,खुल्ला दिसा मुक्त, फोहर ब्यबस्थापन केन्द्रको आबश्यकता, ढल निकाशको उचित प्रबन्ध र लुम्बिनी सहीत वरपरका गाबिसका जनतालाई शिक्षा, स्वास्थय संचार लगायतको पहुच पुरयाई जनचेतना अभिबृद्धी गर्नु पर्नेमा जोड दिए । 
उनिहरुले पर्यटकिय क्षेत्र भए पनि अझै पनि पर्यटकहरुका लागी लुम्बिनी मायादेबी मन्दीरमा सहज रुपमा टिकटको उपलब्धता नहुनु, प्रबेशद्धार एकै नहुनु, पर्यटन सुचना केन्द्रको अभाब,बसपार्क,सडक जस्ता भौतिक पुर्बाधार राम्रो नहुनु जस्ता कारण यँहा आउने स्वदेशी तथा बिदेशी पर्यटकलाई समस्या पर्ने गरेको औल्याए । उनिहरुले समग्र लुम्बिनी क्षेत्रको बिकाशका लागी लुम्बिनी बिकाश कोष र स्थानिय सरोकारवाला बिच देखिने बिबाद समाधानका लागी सम्बाद समिती गठन गर्दै लुम्बिनी क्षेत्रलाई बिबाद रहीत बनाउनु पर्नेमा जोड दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा