पूर्वराजाले पार्टी खोले पनि आपत्ति नमानौँ : पूर्वमन्त्री झा

८ असार २०७०, शनिबार ११:५१ मा प्रकाशित

कपिलवस्तु, ८ असार । संघीय सद्भावनाका अध्यक्ष अनिल झाले समृद्ध मधेश निर्माणका लागि आगामी निर्वाचनका लागि सबै मधेशी दलको एउटै मोर्चा बनाई उम्मेदवारी दिने कुरामा आफुहरु बाधक नहुने बताएका छन् । उनले मोर्चालाई असहयोग हुने अबस्था आए संघीय सद्भाबनाले निर्बाचन नलडेर हुन्छ भने पनि आफुहरु त्याग गर्न पनि तयार रहेको उल्लेख गरे । मधेश मिडिया सोसाईटीद्वारा कपिलवस्तुमा आयोजित पत्रकार अन्तक्रियामा बोल्दै पुर्बमन्त्री समेत रहेका झाले सरकारले निर्बाचनको मिति तोक्नु महत्वपूर्ण रहेको भन्दै दलिय दबाब भन्दा नेपाल र नेपालीको हितलाई सरकारले ध्यान दिई अघि बढनु पर्ने बताए । उनले अहिले मधेशले कर्मठ नेताहरु महन्त ठाकुर, बिजय गच्छेदार र उपेन्द्र यादबलाई अघि सारेर जानु पर्ने भन्दै आफुहरु जस्ता युबाहरुले अर्को निर्बाचन पनि उपयोग गरेर अघि बढ्न सक्ने जनाए ।
एक प्रसंगमा अध्यक्ष झाले मध्यतराईमा पुर्बराजा ज्ञानेन्द्रलाई हेर्न उर्लिएको भीड देखेर आत्तिनु नपर्ने भन्दै राजा हुँदाखेरी कस्ता थिए र अहिले कस्ता भएछन् भन्ने जिज्ञासा मेटाउन जनताको भीड लागेको भन्ने तर्क गरे । पुर्बराजालाई पनि आमनागरिकसरह संबैधानिक हक भएको भन्दै हिडडुल गर्न बाधा बन्देज र रोक लगाउन नहुने बताए । झाले पुर्वराजाले पार्टी पनि खोल्न सक्छन्, चुनाब पनि लडन सक्छन् भन्दै त्यो गरे पनि कसैको टाउकोदुखाई र आपत्ती हुन नहुने प्रस्ट्याए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र