कम्पनी रजिष्ट्रार कार्यालयको सेवा अब अनलाइनबाट

८ असार २०७०, शनिबार ११:४२ मा प्रकाशित

रुपन्देही, ८ असार । कम्पनी रजिष्ट्रारको कार्यालयले उद्योगी व्यबसायीहरुलाई अब अनलाइनबाट सेवा प्रदान गर्ने भएको छ । आफ्नो सेवालाई अनलाइन प्रणालीमा विकास गरी नेपाल उद्योग बाणिज्य महासंघका शाखाहरु मार्फत सेवा प्रवाह गर्न लागिएको कम्पनी रजिष्ट्रार कार्यालयका उपरजिष्ट्रार दिपक घिमिरेले जानकारी दिए । 
आगामी आर्थिक वर्षदेखि शुरु गर्ने गरी तयारी गरिएको अनलाइन सेवाको बारेमा जानकारी गराउन बुटवल उद्योग बाणिज्य संघ बुटवलले बुटवलमा आयोजना गरेको छलफल कार्यक्रममा सो सेवालाई उद्योगी व्यबसायीहरुले सकारात्मक रुपमा लिएका छन् । ‘हामीले कम्पनी रजिष्ट्रार कार्यालयको यस्तो सेवालाई बुटवलमा ल्याउन धेरै पहिलेदेखि माग गरेका थियौं,’ बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्रप्रसाद श्रेष्ठले भने– ‘सुचना प्रबिधीको युगमा समयानुकुल परिवर्तन बिना उद्योग व्यबसायको पनि बिकास हुन सक्दैन भन्ने कुरा हामीले बुझेका छौं ।’
कम्पनी रजिष्ट्रारको कार्यलयले सञ्चालन गर्न लागेको ‘ओसीआर डट जिओभी डट एनपी’ मार्फत उद्योगी व्यबसायीहरुले आफ्नो उद्योग व्यबसायको दर्ता मिती, कम्पनीको प्रकार ठेगाना, जिल्ला शेयर धनीहरुको लैङ्गिक आधार, पुंजीको संरचना लगायतको प्रयोग गरी आधारभूत तथ्याङ्कको जानकारी प्राप्त गर्न सकिने छ । उपरजिष्ट्रार दिपक घिमिरेका अनुसार सो अनलाईनबाट कम्पनीको वार्षिक विबरण तथा अध्यावधीक विवरणहरु प्राप्त गर्न सकिनेछ भने कम्पनी दर्ता, थप सेवाहरु जस्तै , अग्रिम सुरक्षित गरिएको स्थायी लेखा नम्बर, कम्पनी रजिष्टारको कार्यालय र अन्य सरकारी निकाय बीच निश्चित सुचना आदान प्रदान जस्ता सेवा प्रदान गरिने छ । त्यस्तै गरी कम्पनी किन दर्ता गर्ने, कम्पनी दर्ता गर्दा कुन कुन कागजातहरु आवस्यक हुन्छ, कसरी दर्ता गर्ने जस्ता सुचना पनि त्यही अनलाईबाट जानकारी लिन सकिने छ ।
अनलाई सेवालाई प्रभावकारी बनाउनका लागि जानकारी गराउने उद्देश्यले आयोजना गरिएको छलफल कार्यक्रममा सेवा प्रदायक संस्था कम्पनी रजिष्टारको कार्यालयका पदाधीकारीहरु तथा नेपाल उद्योग बाणिज्य महासंघका पदाधीकारीहरुले सहजिकरण गरेका थिए । आगामी आर्थिक वर्षदेखि कम्पनी रजिष्टारको कार्यालयले उद्योग बाणिज्य संघ संगको सहकार्यमा बुटवल र भैरहवामा पनि अनलाईन सेवा सञ्चालन गर्न लागेको छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा