शिविरबाट लडाकुलाई राजधानी बोलाएर माओवादीले शंकालाग्दो अवस्था सिर्जना गर्यो: काँग्रेस

२६ चैत्र २०६८, आईतवार १८:२४ मा प्रकाशित

काठमाडौ, २६ चैत्र । नेपाली कांग्रेस जेठ १४ भित्रै संघियतासहितको संविधान ल्याउन आफ्नो पार्टी अन्तिम अवस्थासम्म लागी पर्ने बताएको छ । पार्टीद्वारा आईतबार राजधानीमा आयोजित जनसभामा कांग्रेस उपसभापति एवं संसदीय दलका नेता रामचन्द्र पौडेलले पूर्व सहमती अनुसार चैत मसान्तभित्र शान्तिप्रकृया टुंगिएमा जेठ १४ भित्र संविधान जारी हुने बताएका छन् ।
कांग्रेस उपसभापति पौडेलले, ‘३० गते भित्र समायोजनमा जाने लडाकुलाई सेना मातहत पठाउने र शिविर खाली गर्ने सहमती भएको छ । तर, माओवादीले शिविरबाट लडाकुलाई राजधानी बोलाएको छ । यसले माओवादीको नियत माथि शंका पैदा गरेको छ ।

कांग्रेस उपसभापति पौडेलले संविधानमा आत्मनिर्णयको अधिकार, अग्राधिकार र जातीय आधारमा राज्यको विभाजन गर्ने काम कांग्रेसले नमान्ने बताएक छन् । पौडेलले बहुजातीय, बहुभाषीक, बहुसाँस्कृतिक र बुहजातीय आधारमा मात्रै प्रदेशको निर्माण हुनु पर्नेमा जोड दिएक थिए। सभालाई कांग्रेस केन्द्रीय सदस्य नरहरी आचार्य, शेखर कोइराला, नविन्द्रराज जोशी, रामचन्द्र तिवारीलागयतका नेताहरुले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता

बागलुङ । वर्षाका बेला बागलुङवासीले धारोमा पानी आउछ कि आउँदैन भनेर आकाशतर्फ फर्केर निक्यौल गर्ने गर्छन् । वर्षातको समयमा बागलुङमा

काठमाडौँ । सरकार केही दिनमै नागरिकतासम्बन्धी विधेयक संसद्मा पेस गर्ने तयारीमा रहेका बेला प्रमुख प्रतिपक्षी एमालेले त्यसलाई अस्वीकार गर्ने जनाएको

काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षको बैठक आज (शुक्रबार) पनि बस्ने भएको छ । बिहीबार राजधानीको बत्तीसपुतली फुडल्याण्डमा