बाढीपिडीतको सहयोगार्थ १५ करोड जुटाउन कांग्रेस सभापतिको अपिल

८ असार २०७०, शनिबार ०९:३८ मा प्रकाशित

काठमाडौं, ८ असार । नेपाली कांग्रेसले बाढीपहिरोमा परेका नागरिकहरुको सहयोगार्थ देश–विदेशमा रहेका आफ्ना क्रियाशील सदस्यहरुबाट न्युनतम् ५० रुपैयां अनिवार्य रुपमा उठाउने निर्णय गरेको छ । कांग्रेस सभापति सुशील कोइरालाले एक विज्ञप्ति प्रकाशित गरी स्वेच्छिक सहयोगका लागि गैरकांग्रेसीलाई पनि आह्वान गरेका छन् । सहयोग रकम कुपण्डोलस्थित नेपाल बैंक लिमिटेडको चल्ती खाता नंबर १३५–११–१००७५ मा जम्मा गर्न सकिने कोइरालाको विज्ञप्तिमा जनाइएको छ । यसअनुसार कांग्रेसका तीन लाख क्रियाशील सदस्यहरुबाट रकम संकलन भएमा १५ करोड नगद बाढीपिडीतलाई कांग्रेसका तर्फबाट उपलब्ध हुन सक्ने छ ।
यसैगरी महाकाली नदीमा आएको भिषण बाढी र पहिरोका कारण सुदूरपश्चिमका महाकाली किनारका राहत, उद्धारको काम तत्काल थाल्न आग्रह कांग्रेसले सरकारसंग आग्रह गरेको छ । कांग्रेसले बाढी प्रवाहित क्षेत्रमा राहत, उद्धारका कार्यका लागि पाँचबुँदे र दीर्घकालीन योजना र पुनस्र्थापना र पुननिर्माणका लागि चारबुँदे प्रस्ताव अघिसारेको सो पार्टीका प्रवक्ता दिलेन्द्र बडूले जनाएका छन् ।
बडूद्वारा जारी प्रेस विज्ञप्तिमा अविरल वर्षाबाट महाकाली नदीमा आएको विषण बाढी र पहिरोका कारण अकल्पनीय रुपमा मुख्यत: दार्चुला लगायत सुदूरपश्चिमका महाकाली किनारका बैतडी, डडेल्धुरा, कञ्चनपुरको क्षेत्रमा भएको व्यापक क्षति र अन्य जिल्लाहरुमा अछाम, डोटी, कैलाली, कालिकोट, दैलेख, डोल्पा, रुपन्देही लगायतका जिल्लाहरुमा समेत भएको जनधनको क्षतिप्रति नेपाली कांग्रेस गहिरो दु:ख र सहानुभूति प्रकट गर्दछ तथा आकस्मिक विपतको यस दु:खद घडीमा सम्पूर्ण प्रभावित जनहरुसित पार्टी आफ्नो साथ र ऐक्यद्धता जनाउन चाहन्छ भनिएको छ ।
कांग्रेसले दार्चुलामा तीनजनाको मृत्यु, १ सय ६४ घर बगाएको, सय घर जोखिममा रहेका, १३ सरकारी कार्यालय, ४ वटा मन्दीर, कारागार, लघु जलविद्युत आयोजनाको पावर हाउस एवं महाकाली नदीको भारत–नेपाल जोड्ने जौलजिवी पुल बगाउनुका साथै करीब ७ सय जना घरविहिन हुन पुगेका र ३ हजार जति विस्तापित हुन पुगेका जनाएको छ । त्यस्तै डोटीमा २ जना, बैतडीमा ५ जना, अछाममा २ जना, दैलेखमा ७ जना, कालिकोटमा १२ जना, डोल्पामा १ जना, रुपन्देहीमा १ जनाको मृत्यु भएको र कञ्चनपुरमा २ जनाको मृत्युका साथै सुडा, दैजी, भुजेला, बाइसे विचवा, रकवार विचवा, कालिका, परासोन, त्रिभुवनवस्ती, श्रीपुर, बेल्डाडी लगायत भीमदत्त नगरपालिकाको वडा नं. १, ३, ७, ८, ९, १०, ११, १२, १३, १४ लगायत वडा नं. ३ को तिलकपुर विष्ण्ुामन्दीरमा पर्ने पक्की पुल क्षतिग्रस्त भएको बताइएको छ । यस्तै, सोही वडाको राधाकृष्ण टोलमा खनिया खोलाले ३५ घर टहराहरु बगाएको, डडेल्धुराको जोगवुढा, आलिताल, साननी, सिमा क्षेत्र खल्लामसेटीसम्म कटान भएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यसैगरी कांग्रेसले सरकारले तत्काल गर्नुपर्ने कामको विवरण दिंदै क्षतिको यथार्थ विवरण संकलन गरी घरविहिन भएकाहरुलाई खाद्याान्न, टेन्ट र लत्ता कपडा एवं औषधोपचारको व्यवस्था गर्नु पर्ने, सम्भावित कटान र थप जनधनको क्षति रोक्नका लागि मुख्य मुख्य नाकाहरुमा तत्काल तारजालीको तटवन्ध तयार गर्नका लागि सम्बन्धित क्षेत्रमा प्राविधिक टोलीका साथै थप नेपाली सेना र प्रहरी लगायत स्थानीय जनपरिचालन गर्नु पर्ने, बैतडी—दार्चुला सडकको क्षतिग्रस्त क्षेत्रमा तत्काल युद्धस्तरमा मर्मत कार्य शुरु गरी सडक संचालन सुचारु गर्दै खाद्यान्न, औषधी लगायत आपूर्ति सहज गर्नु पर्ने, थप स्वास्थ्यकर्मी सक्रिय गराउनु पर्ने लगायतका सुझाव अघिसारेको छ ।
पुनस्र्थापना र पुनर्निर्माणका लागि दीर्घकालिन योजना पनि कांग्रेसले अघिसारेको छ । जसमा घरविहिन हुन पुगेकाहरुलाई स्थानीय क्षेत्रमा वा तराईमा उपयुक्त र सुरक्षित स्थानमा पुनस्र्थापित गर्नु पर्ने, सदरमुकाम क्षेत्रमा घर पसलहरु बगाई विस्थापित हुन पुगेका व्यापारी वर्गहरुलाई राहत र क्षतिपूर्तिका लागि बैंक ऋणको व्याज मिनाहा एवं सहुलियतको प्रबन्ध गर्नु पर्ने, महाकाली सीमा नदीमा भारत र नेपाल दुबैतर्फको वर्षेनी बाढी र पहिरोबाट हुने क्षतिबाट बच्न तथा यस सीमा क्षेत्रमा निर्माणाधीन र प्रस्तावित विद्युत योजनाहरुबाट समेत उत्पन्न हुन सक्ने भूमी कटान र क्षति हुनबाट सुरक्षा प्रबन्ध गर्नका लागि पक्की तटवन्ध निर्माणको वृहत कार्यक्रम नेपाल र भारत दुवै सरकारहरुको कुटनीतिक र आर्थिक क्षेत्रमा आपसी सहमति, सहयोग र सहकार्यबाट एकसाथ पुननिर्माण कार्य उच्च प्राथमिकताका साथ शुरु गरिहाल्नु पर्नेलगायतका प्रस्ताव छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको