चोरिएका आठ सय वर्ष पुराना हिन्दु धर्मसम्बन्धी ग्रन्थ नेपाललाई फिर्ता

८ असार २०७०, शनिबार ०३:४२ मा प्रकाशित

न्युयोर्क, ८ असार । नेपालमा चोरिभै बर्षौ पछि अमेरिकामा लिलाम बढाबढमा बिक्री गर्न लागिएका १२औं शताब्दीताको ऐतिहासिक एबं धार्मिक ग्रन्थहरू नेपालले फिर्ता पाएको छ । संयुक्तराज्य अमेरिकाको न्युयोर्कमा गत बुधबार आयोजित कार्यक्रममा ऐतिहासिक वस्तुकला प्रदर्शनी एवं बिक्री गर्ने कम्पनी ‘क्रिस्टी’ ले झन्डै आठ सय वर्ष पुराना हिन्दु धर्मसम्बन्धी कलात्मक गाताहरू नेपाली राजदूतावासलाई फिर्ता गरेको हो । संयुक्तराज्य अमेरिकाको नेपाली दूतावासका डेपुटी चिफ अर्जुनकान्त मैनाली र काउन्सुलर लेखनाथ गौतमलाई क्रिस्टीका अधिकारीद्वय हुगो विही र सन्ध्या जैन पटेलले हस्तलिखित ग्रन्थहरू शिवधर्म संग्रह, भागवत पुराण र विष्णु धर्मसम्बन्धी ६ वटा काठे कृति फिर्ता गरेका थिए । केही समयअघि क्रिस्टीले नेपालका यी पौराणिक कला अंकित वस्तु बिक्रीका लागि खुला गरेको समाचार प्रकाशित भए पछि यस बिषयमा डिसी स्थित नेपाली दूतावासले सामग्री फिर्ताका लागि चासो राखेको थियो । फिर्ता गरिएका गाताको मोल एक लाख २५ हजार अमेरिकी डलर अर्थात् झन्डै एक करोड १२ लाख नेपाली रुपैयाँ बराबर तोकिएको थियो । यी कलात्मक वस्तु नेपालको राष्ट्रिय अभिलेखालयबाट करिब ३ दशक वर्षअघि नै चोरिएको क्रिस्टीले जनाएको छ । क्रिस्टीका अनुसार सन् १९८९ मै यी गाता नेपालबाट पेरिस पुर्‍याइएको थियो भने गत वर्ष यी गाता बिक्रीका लागि न्युयोर्कमा ल्याइएको थियो । दूतावासले सामग्री फिर्ताका लागि पत्र लेखे पनि क्रिस्टीले प्रमाण मागेको थियो तर यसै विषयमा अध्ययन गरिरहेका प्राध्यापक हारुनागा इसाक्सनले ती वस्तुबारे सम्बन्धित निकायलाई पत्र लेखे पछि क्रिस्टी हस्तलिखित ग्रन्थहरू नेपाललाई फिर्ता गरन शाम्त भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४