मलेसियामा १९ नेपाली अलपत्र, चिसो ओढारमा थुनेर राखिएको परिवारजनको दाबी

७ असार २०७०, शुक्रबार २२:१६ मा प्रकाशित

काठमाडौं, ७ असार । वैदेशिक रोजगारीको लागि गत शुक्रवार (सात दिनअघि) मलेसिया पुगेका १९ जना नेपाली अलपत्र परेको बुझिएको छ । पाँच दिन क्वालालम्पुरस्थित अध्यागमनमा लुटपाट, कुटपिट र भोकभोकै सहेर बसेका उनीहरुलाई अहिले क्वालामम्पुरदेखि सयौं कोश टाढा एक जङ्गलको ओढारमा राखिएको पिडितका परिवारले जानकारी दिएका छन् । अलपत्र परेका उनीहरुलाई ओढारबाट बाहिर निस्कन नदिई, चिसो छिँडीमा राखिएका कारण उनीहरुका हातखुट्टा र शरिर सुन्निन थालेको श्रोतले उल्लेख गरेको छ । मलेसियामा अलपत्र परेका पिडितहरुको सम्पर्क नम्बर +६०१४३२०१४६४ र +६०१४३२३४०९१ रहेको छ भने पाँच दिन अध्यागमनमा भोकै बसेपछि अहिले उनीहरुलाई खानाको नाममा बन्दागोवीको बाहिरको बोक्रा, साग र एक मुठ्ठीका दरले चामल दिएको बताइएको छ ।
वैदेशिक रोजगार विभागमा दर्ता रहेका इनोभेटिभ सर्भिस प्रा.लि., बनस्थली÷सिनामंगल, र सामद ओभरसिज प्रा.लि. गौशालाले जनही १ लाख ७० हजार रकम लिएर उनीहरुलाई मलेसिया पठाएका थिए । इनोभेटिभ सर्भिसेज प्रा.लि.ले मलेसियामा अलपत्र परेका १९ जना नेपालीबाट प्रतिव्यक्ति १ लाख ७० का दरले रकम लिएको र समद ओभरसिज प्रा.लि.ले वैदेशिक रोजगार विभागबाट अन्तिम श्रमस्वीकृति लिएको कागजात र पिडितका परिवारले प्रष्ट पारेका छन् ।
इनोभेटिभ सर्भिसेज प्रा.लि लाईसेन्स नं.९७८ का सञ्चालक हरि गुरुङ, समद ओभरसिजका सञ्चालक विवेक चालिेसे र एजेन्ट टेकबहादुर अधिकारीको संयुक्त शिकार बनेका उनीहरुलाई अहिलेसम्म सरकारको कुनै निकालयले पनि सहयोग गरेको छैन । पिडितका परिवार वैदेशिक रोजगार विभागमा उजुरी दिन गएपछि म्यानपावरका सञ्चालकले मलेसियास्थित एजेन्टलाई नेपाली कामदार रिसिभ गर्न लगाएको नाटक रचेर अध्यागमनबाट अन्कन्टार जङ्गलमा पु¥याउँदा उनीहरु मर्ने न बाँच्ने अवस्थामा पुगेका छन् । मलेसियामा अलपत्र परेकाहरुमा ज्ञान बहादुर कुँवर, रमेश भट्टराई, सुब्बा राई, गोपी श्रेष्ठ, देव कुमार तामाङ, सुर्य बहादुर श्रेष्ठ, दुर्गा बहादुर महतो, झलक तामाङ, कमल खड्का, कमल दुवाडी, सन्तोष भुजेल, धिरेस भट्टराई, प्रकास वमजन, दानमान नकर्मी, ज्ञान बहादुर थापा, रमेश दुवाडी, मायानाथ बाँस्कोटा, शिवराम थापा र सीताराम दुवाडी रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४