आम्दानी बढेपछि चिडियाखानाका जीवजन्तुलाई राहत

७ असार २०७०, शुक्रबार १९:५७ मा प्रकाशित

काठमाडौ., ७ असार । जावलाखेलस्थित सदर चिडियाखानाको आम्दानी गत चार महिनामा लगभग दोब्बरले नै बढेको छ। गत माघ महिनादेखि सो स्थानमा घुम्न आउने दर्शकको टिकटको मूल्य रु ५० बाट बढाएर रु १०० पुर्‍याएपछि चिडियाखानाको आम्दानीमा वृद्धि भएको हो। विद्यार्थीलाई भने ४० प्रतिशत सहुलीयतको व्यवस्था गरिएको छ।
चिडियाखानाकी प्रमुख सरिता ज्ञवालीले गत आर्थिक वर्षमा कुल आम्दानी रु चार करोड रहेकामा चालु आर्थिक वर्षको असार मसान्तसम्म रु सात करोड आम्दानी हुने अनुमान गरिएको बताए।
सो चिडियाखानामा दैनिक करिव दुई हजार पाँच सयदेखि दुई हजार आठ सयसम्म दर्शक आउने गरेका छन् भने शनिबार करिब पाँच हजार आउँछन्।  दर्शकले बुझाउने शुल्क सङ्कलनबाट मासिक करिब रु ८० लाख आम्दानी हुने गरेको उनले जानकारी दिइन्।
सो स्थानको आम्दानीसँगै त्यहाँ बस्ने जीवजन्तुको बासस्थान थपी उनीहरुका  लागि सहज  व्यवस्थापनसमेत गरिएको छ। सदर चिडियाखानामा विभिन्न एक सय १६ प्रजातिका करिव आठ सय जीवजन्तु रहेको बताइएको छ । सन् १९३२ मा तत्कालीन प्रधानमन्त्री जुद्धशम्शेरले आफ्नो मनोरञ्जनका लागि निजीस्तरबाट सो चिडियाखाना स्थापना गरी विभिन्न जीवजन्तु सङ्कलन गरेको इतिहास पाइन्छ। २००७ सालको राजनीतिक परिवर्तनपछि  सरकारको मातहतमा आएको र २०१२ सालपछि चिडयाखाना सर्वसाधरणका लागि खुला गरिएको बताइएको छ।

– रासस

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण