तत्काल राहत पुर्याउन कांग्रेसको आग्रह, धौलीगंगाबारे नेपाल र भारत दुबैतर्फ गुनासो

७ असार २०७०, शुक्रबार १९:५१ मा प्रकाशित

रासस, काठमाडौं, ७ असार । नेपाली कांग्रेसले मध्यपश्चिम तथा सुदूरपश्चिमलगायत देशका विभिन्न भागमा वर्षाका कारण भएको जनधनको क्षतिबाट पीडित भएकाहरुलाई तत्काल राहत पुर्याई पुनःनिर्माणको कामलाई युद्धस्तरमा तीव्रता दिन सरकारसँग माग गरेको छ। कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको नेतृत्वमा केन्द्रीय सदस्यहरु दिलेन्दप्रसाद बडु, एनपी साउद, बद्री पाण्डे, मुख्य सचिव चीनकाजी श्रेष्ठ, विद्यार्थी नेता भूपेन्द्रजङग बस्नेतलगायतको प्रतिनिधिमण्डलले मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीलाई शुक्रबार भेटेर सो माग गरेको हो।
मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीलाई उहाँकै निवास बालुवाटारमा भेटेर काँग्रेस प्रतिनिधिमण्डलले पीडित जनतालाई तत्काल राहत दिन र उद्धार कार्यमा तदारुकता अपनाउन आग्रह गरेको हो।
साथै बाढी पहिरोले भत्काएका पूर्वाधारहरुको पुनःनिर्माण कार्य युद्धस्तरमा अघि बढाउन पनि सो प्रतिनिधिमण्डलले आग्रह गर्यो। विशेषगरी अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना बनाएर राहत कार्यक्रम चलाउन र एउटा अधिकारसम्पन्न टोली बनाएर त्यसको कार्यान्वयन गर्नका साथै राहत, उद्धार र पुनःनिर्माण कार्य युद्धस्तरमा चलाउन सरकासँग आग्रह गरिएको उपसभापति पौडेलले जानकारी दिए ।
खासगरी दार्चुलामा भएको क्षति धौलीगङगा हाइड्रोपावरको कारण भएको भन्ने गुनासो उठेको र उक्त क्षेत्र सीमाक्षेत्र परेकोले धौलीगङगा हाइड्रोपावरको निर्माणमा राम्रो प्रवन्ध नहुँदा त्यसले क्षति पुगेको कुरामा नेपाल र भारत दुवै पक्षमा गुनासो उठेको बारेमा पनि सो अवसरमा जानकारी गराइएको थियो। सो हाइड्रोपावरका कारण नेपाली पक्ष बढी पीडित भएकाले त्यसको क्षतिपूर्तिको लागि सरकारले कुटनीतिक तवरमा छलफल गरेर भारतसँग दोहोरो रुपमै संरक्षण गर्ने र नेपाली आफैँले पनि निर्माण गर्न पहल गर्नुपर्ने कुरा पनि सो अवसरमा प्रतिनिधिमण्डलले सरकारसँग राखेको बताइएको छ।
अन्तर्राष्ट्रिय सहयोग जुटाएर पुनःनिर्माण र राहतको कार्य सञ्चालन गर्न पनि काँग्रेसले सरकारसँग आग्रह गरेको थियो। मन्त्रिपरिषद्का अध्यक्ष रेग्मीले आफू सो क्षेत्रको भ्रमण गरेर आएको र सरकारले बैठक बसेर तत्काल यी कुराहरुमा निर्णय गरी काम अघि बढाउने बचन दिनुभएको पनि उपसभापति पौडेलले जानकारी दिए। बाढीपीडितको राहत तथा उद्धारका लागि काँग्रेसले पार्टीको बैठक बसेर सहयोगको अभियान पनि चलाउने भएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा