मन्त्रिपरिषदले के-के गर्यो निर्णय

७ असार २०७०, शुक्रबार २१:०५ मा प्रकाशित

काठमाडौं, ७ असार । बिहिबारको मन्त्रिपरिषद् बैठकले सीमा सुरक्षा लगायत कामका लागि सशस्त्र प्रहरीमा ३ हजार २ सय ४६ दरबन्दी थप गरेको छ । यसैगरी कालीगण्डकी ुएु जलविद्युत् आयोजनाका लागि विश्व बैंकले प्रदान गर्ने २ अर्ब ५२ करोड रुपैयाँ सहायता स्वीकार गर्ने निर्णय बैठकले गरेको छ भने सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानका लागि चिनियाँ सरकारले प्रदान गर्ने ३ अर्ब ६० लाख सहयोग स्वीकार गर्ने निर्णय गरेको छ । यस्तै केन्द्रीय बाल कल्याण समितिको कार्यकारी निर्देशकमा तारक धिताललाई नियुक्त गरेको छ ।
यसैगरी मन्त्रिपरिषद बैठकले ६ जना सचिवको सरुवा गरेको छ । विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव केशवप्रसाद भट्टराईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरेको छ भने सुदूपश्चिम क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई रक्षामन्त्रालय, शिक्षा सचिव सोमलाल सुवेदीलाई विज्ञान तथा प्रविधि, निर्वाचन आयोगमा सचिव नारायणगोपाल मलेगोलाई शिक्षा, महालेखाका नरेन्द्र दाहाललाई निर्वाचन आयोगमा र मध्यपश्चिम क्षेत्रीय प्रशासक उद्धब बास्कोटालाई महालेखा परीक्षकको कार्यालय सरुवा गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा