गण्डक क्षेत्रमा कटान रोक्न बचावटको काम सुरु

७ असार २०७०, शुक्रबार ०७:०३ मा प्रकाशित

चन्द्रकान्त खनाल रुपन्देही,  ७ असार । नवलपरासीको गण्डक क्षेत्रमा कटान रोक्न बचावटको काम सुरु भएको  छ  । अबिरल बर्षाका कारण नारायणी नदीमा पानीको बहाब बढेर गण्डक बाँधमा कटान बढ्दै गएपछि अहिले बचाउको काम सुरु गरिएको हो । नारायणी नदीले बि ग्याप अन्तर्गतको  १२ नम्बर ठोकरमा थप कटान गरकाले ठोकर नम्बर ११ र १२ सहित गण्डक बाँधमा नै खतरा देखिएपछि नारायणी नदी क्षेत्रमा कटान रोक्न बचावटको  काम भईरहेको  छ  ।
नेपाल प्रशासनको पहलमा भारतिय पक्षले अहिले गण्डक क्षेत्रको  तत्काल  कटान रोक्न   तार जाली साथै बोरामा बालुमा भरेर राख्ने काम भईरहेको प्रमुख जिल्ल अधिकारी केशबराज घिमिरले जानकारी दिनुभयो । नदीमा पानीको बहाब बढ्दै जादा  १२ नम्बर ठोकर फुट्टे अबस्थमा पुगेको छ । एक सय ६३ मिटर लामो ठोकरको एक सय १० मिटर गएको वर्ष नै बगाएको थियो । केही दिनदेखि परेको बर्षाका कारण नदीको बहाव ह्वात्तै बढेर दुई लाख क्यूसेक पानी पुगेको छ । नदीमा करिब ३ देखी ३ लाख ५० हजार  क्यूसेक पानी पुगेमा पानी  गाउंमा पस्ने र  यस क्षेत्रका १३ गाविस डुबानमा पर्ने  निश्चित  छ ।
अबिरल  बर्षाका कारण नारायणी नदीको बहाव बढेपछि नवलपरासी गण्डक क्षेत्रका बासिन्दा त्रसित बनेका छन् । गएको असोजमा १२ नम्बर ठोकरको अधिकांश भाग बगाएपछि तटबन्धको माग गर्दै आएका बासिन्दाहरु बर्षा सगं ठोकर थप जोखिममा परेकाले उनिहरु त्रसित बनेका हुन् । हाल गण्डक क्षेत्रका १२ नम्बर ठोकरमा भारतिय पक्षद्धारा ठोकरको मर्मत सम्म्भारको काम जारी  छ ।
तर भारतद्धारा यस बर्ष गण्डक क्षेत्रमा गर्नुपर्ने निमार्ण र मर्मत सम्भारको काम समयमा सुरु नगरेकाले साथै  बर्षाका कारण नदीको बहाब ह्वातै बढेकाले जोखिम बढ्दै गएको हो ।  एक सय ६३ मिटर लामो ठोकरको एक सय १० मिटर भाग गतबर्ष  बगाएपछि ५३ मीटर मात्र बाकी रहेको थियो । बाढीको अनुपात बढ्दै जादा यस बर्ष १२ नम्बर ठोकरको करिब १२ मिटर भाग बगाइसेको छ  । गत बर्ष  तत्कालित प्रधानमन्त्री डा. बावुराम भट्टराई सहितका मन्त्रीहरुले गण्डक बांधका कारण भएको कटानको निरिक्षण गरेपनि हिउद भरी काम नहुदा र हाल भएको काम प्रभाबकारी नहुदा  बाधंमा जोखिम बढेको हो । हिउँद भरी नेपालका अधिकारी र भारतका अधिकारीले चरमलापरबाही गर्दा बर्षा सँगै भएको कटानको समस्या भोग्न परेको स्थानीय गाउँललेको भनाई छ । प्रधानमन्त्री स्तरबाट घटनाको अबलोकन हुदा समेत काम भएन  निरिक्षण भएपनि भारतको कार्यान्वयन पक्ष बलियो नहुदा गण्डक पिडितले प्रत्येक बर्ष समस्या भोग्न बाध्य भएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा