माओवादीद्वारा युद्धकालमा जस्तै ‘जनसरकार’को अभ्यास

७ असार २०७०, शुक्रबार ०६:५५ मा प्रकाशित

सीके खनाल, नवलपरासी, ७ असार । निर्वाचन घोषणासँगै नेकपा–माओवादीले जनयुद्धकालमा जस्तै जनसरकारको अभ्यास थालेको छ । सरकारबिरोधी साना दलसँग मोर्चा बनाएर आन्दोलन गर्दै आएको माओवादीले नवलपरासीमा आन्तरिक रुपमा जनसत्ताको अभ्यास गर्न थालेको हो । पार्टीमा आबद्ध २७ जनबर्गीय संगठन जातीय क्षेत्रीय मोर्चाहरु तथा पार्टी प्रति उदार धारणा राख्ने नागरिक र शुभेच्छुकहरुलाई समेत समाबेश गरी पार्टी जिल्ला सहसेक्रेटरी सुमन ज्ञवालीको नेतृत्वमा जनसरकार गठन गरिएको जनाइएको छ ।
संयुक्त जनसंघर्ष समिति नाम दिइएपनि यसले जनयुद्धकालको जनसरकारको काम गर्ने गरेको माओवादी स्रोतको कथन छ । इलाका समिति स्तरमा बिस्तार गरेको जनसरकारलाई गाउँ तहसम्म बिस्तार गरी दुई सत्ताको अभ्यास गर्ने माओवादी योजना रहेको बुझिन्छ । ‘जनसरका भन्दा बिरोधीहरुले कुप्रचार गर्छन् त्यसैले संयुक्त जनसंघर्ष समिति नाम दिइएका हो’– नेकपा माओवादीका एक राज्यसदस्यले भने, ‘तर यो जनसरकार नै हो, यसका काम जनयुद्धको जग निर्माण गरी जनताको सेवा गर्ने हो ।’
जनसंर्घष समितिले मुद्धा–मामिला, राजस्व असुलीजस्तै राज्यसंयन्त्रका काम गर्ने माओवादी स्रोतको दाबी छ । माओवादीले युद्धकालमाजस्तै बाहिरी र भित्री गरी दुईवटा मोर्चालाई क्रियाशिल बनाउदै जनबिद्रोहलाई संगठित गर्ने तयारी गरेको छ । मधेशी जनअधिकार फोरम, मातृका माओवादी, राष्ट्रिय समाजबादी पार्टीसंगको संयुक्त आन्दोलन समिति बाहेक पनि माओवादीका अर्काे आफ्नो एकल मोर्चा पनि जिल्लामा क्रियाशिल गराएको छ । नवलपरासीमा गठित बाहिरी मोर्चामा ४२ दलीय मोर्चा आबद्ध पार्टीहरु रहेका छन् भने आन्तरिक मार्चामा पार्टीका मजदुर, महिला, किसान, सुकुम्बासीलगायत जनबर्गीय संगठनका जिल्ला अध्यक्षहरु सदस्य रहेका छन् ।
माओवादीका एक बैकल्पिक केन्द्रीय सदस्यले नाम नबताउने शर्तमा भने – ‘शहरिया बिद्रोहलाई संगठित गर्नका लागि यस्तो संगठन बनाउनु परेको हो तर युद्धमा जान भने होइन ।’ समितिले मुद्धामाामिला आर्थिक उत्पादनसंगै जनसेवा समेत गर्ने उनले बताए । समितिका नाममा धेरै जिल्लामा जनसरकार निर्माण गरिसकेको उनको कथन थियो ।
जनयुद्धको जगमा जनबिद्रोह कार्यनिति बनाएको माओवादीले जनयुद्धको जग बिस्तार गर्न लागेको कार्यकर्ताहरु बताउँछन् । जनसत्ताले दलाल भष्ट्रचारीहरुलाई समेत पहिचान गरी कारवाही गर्ने माओवादी कार्यकर्ताहरुको भनाई छ । जनसेना जनसत्ता जनअदालत र संयुक्त मोर्चालाई माओवादीले जनयुद्धका जग भनेर परिभाषिक गर्ने गरेको छ । युद्धकालमा पनि माओवादीले जिल्ला जिल्लामा संयुक्त क्रान्तिकारी जन परिषदका नाममा जनसरकार बनाएको थियो । माओवादी जिल्ला सहसेक्रेटरी तथा समितिका संयोजक सुमन ज्ञवालीले भने संयुक्त जनसंर्घष समिति जनसरकार नभएर आन्दोलन परिचालन समिति मात्र भएको दावी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

सुर्खेत। जिल्ला अदालत दैलेखले मृत्यु भएका एक व्यक्तिलाई जन्मकैदको फैसला गरेको छ । कर्तव्य ज्यान मुद्दा चलिरहेका कसूरदारको मृत्युपछि जिल्ला अदालतले

काठमाडौँ । पाँच दलीय समन्वय समितिका संयोजक एवम् नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले तत्काल राजनीतिक निकास नखोजेमा गठबन्धनको औचित्यमाथि प्रश्न

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान