बाढीग्रस्त क्षेत्रको पिडामा सहयोगी बन्दै एएनए सम्मेलन, अगुवा रक्तदाता अर्जुन मैनालीले थाले सहयोग अभियान

७ असार २०७०, शुक्रबार ०६:५४ मा प्रकाशित

न्युयोर्क । बाढीग्रस्त क्षेत्र सुदूरपश्चिम नेपालको दुखद खबर संगै एसोसिएन अफ नेपलीज ईन अमेरिका एएनएको आसन्न न्युयोर्क सम्मेलन आयोजक समितिले एक नेपाली प्रतिनिधि एक रुपियाँ सहित सहयोगको हात अघि बढाएको छ । एएनएको आसन्न न्युयोर्क सम्मेलन आयोजक समितिका संयोजक समिर महर्जनले एक बिज्ञप्ति जारी गर्दै सम्मेलन बाढीग्रस्त क्षेत्र सुदूरपश्चिम नेपालको दुखमा साथ् दिन सम्पूर्ण नेपाली मुलका अमेरिकीहरुलाई आग्रह समेत गर्नु भएको छ । बिज्ञप्तिमा भनिएको छ सुदूरपश्चिम नेपालको भिभिन्न भागमा आएको अविरल वर्षाकार बाढीबाट ठुलो धन जनको क्षति भएको छ यो दुखद घडीमा एएनए न्युयोर्क सम्मेलनका तर्फ बाट गहिरो दुख प्रकट गर्दै सहयोगी हात अघि बढाउने संकल्प गर्दछ । बिग्यप्तिअम भनिएको छ, जुलाई ४-६ सम्म न्यु योर्कमा हुने ३१ औ एएनए सम्मेलनमा करिब १० हजार नेपाली मुलका अमेरिकन सहभागी हुने अनुमान गरिएको छ र बाढीग्रस्त क्षेत्र सुदूरपश्चिम नेपालको दुखमा साथ् दिन प्रत्येक सहभागी शुल्कबाट उठेको रकमबाट अमेरिकी डलर एकका दरले जामा हुने रकम र संकलित सहयोग समेत एक मुष्ट रकम सहित प्रदान गरिनेछ । यसै बीच अगुवा समाजसेवी एबम ब्लड डोनर्स अफ अमेरिकाका अध्यक्ष अर्जुनप्रसाद मैनालीले आफुले एक हप्ता काम गरेको रकम बाढीग्रस्त क्षेत्र सुदूरपश्चिम नेपालको पिडित परिवारजनको राहतका खर्चिने घोषणा गरेका छन । उनले एक बिज्ञप्ति प्रकशित गरि र एएनएले यसको नेतृत्व लिने घोषणा गरेकोमा खुसि समेत ब्यक्त गरेका छन् । आउनुहोस तपाइँ पनि सुदूरपश्चिम नेपालको दुखमा साथ दिन सहयोगी हात अघि बढाउनुहोस ।

सहयोगका लागि सम्पर्क:
छेवांग शेर्पालामा- [email protected], New york, 347 355 8237
समिर महर्जन- [email protected], New York 347 409 1293
विजय थापा- [email protected], Virginia, 703 855 2579

प्रतिक्रिया
सम्बन्धित खवर

अमेरिका। अमेरिकाको मेरिल्याण्डमा अवस्थित मोर्गन स्टेट युनिभर्सिटीमा कार्यरत एक नेपाली मूलका प्राध्यापकले सो विश्वविद्यालयले प्रदान गर्ने रिसर्च एण्ड स्कलरसिप अवार्ड

न्युयोर्क। पत्रकारितामार्फत मानवताका क्षेत्रमा असाधारण सेवा गरेवापत न्युयोर्क निवासी पत्रकार किशोर पन्थीलाई अमेरिकाको विश्वविद्यालयले मानार्थ पीएचडी अर्थात् डाक्टर अफ फिलोसोफीबाट

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत