मलमा हेराफेरि गरेपछि कारखानामा राजश्वद्वारा ताला

७ असार २०७०, शुक्रबार ०६:५३ मा प्रकाशित

रुपन्देही, ७ असार । युरिया मलको उत्पादन गर्ने रुपन्देहीस्थित हाटीबनगाईमा रहेको पुर्वाञ्चल फर्टिलाइजर प्रा.लि.मा पश्चिमाञ्चल राजस्व अनुसन्धान बुटवलले ताला लगाएको छ । उक्त कारखानाबाट उत्पादित मल शंकास्पद देखिएपछि कारखानामा ताला लगाएको पश्चिमाञ्चल राजस्व अनुसन्धान बुटवलका प्रमुख धमेन्द्र झाले बताउनुभयो ।
अन्यत्रबाट क्यारियरमार्फत मल ल्याई नेपाली बोरामा आफ्नै उत्पादन भन्दै प्याक गरी बिक्री गर्ने गरेको सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त कम्पनीमा गत बुधबारदेखि नै सुरक्षाकर्मी खटाएको थियो । पछि राजस्वसँग समन्वय गरी छापा मारिएको र अनुसन्धानको जिम्मा राजस्वको रहेको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक पोषराज पोखरेलले जानकारी दिनुभयो ।  डेढ दशकअघि स्थापना भएको उक्त कम्पनी भैरहवा गल्लामण्डीका नारायण बरई र सन्जय जयसवालले संचालन गर्दै आएका छन् ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोना रोकथामका लागि सरकारले काम गरिरहेको

काठमाडौं।२०७८ वैशाख ११ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माण सम्पन्न नहुँदै धरहराको उद्घाटन गरे । त्यसको एक वर्षभित्र सम्पूर्ण