बेलायतमा अध्यनरत नेपाली विद्यार्थीहरुको समस्याबारे उपमन्त्री लर्ड टेइलरसंग छलफल

७ असार २०७०, शुक्रबार ०५:१६ मा प्रकाशित

धर्मराज अधिकारी, लण्डन, ७ असार । बेलायतमा अध्यनरत नेपाली विद्यार्थीहरुको समस्या त्यहाँका उपमन्त्री लर्ड टेइलरलाई अवगत गराइएको छ । साउथ लण्डन कलेज व्यवस्थापनका तर्फबाट बेलायतमा अध्यनरत नेपाली विद्यार्थीहरुको समस्या सहित उपमन्त्री लर्ड टेइलरसंग विहिबार पार्लीयामेण्ट भवनमा भेटवार्ता भएको हो । कलेजका प्रबन्ध निर्देशक राजन कंडेलको अगुवाईमा पार्लीयामेण्ट भवन पुगेको टोलीले बेलायती सरकारको परिवर्तित नियमले प्राइभेट कलेज र बेलायती शिक्षामाथि नै नकारात्मक टिप्पणी आउन थालेको जानकारी गराएका थिए । विद्यार्थीहरुको विश्वविद्यालय सम्म यात्रा तय गर्ने मुख्यबाटो नै सरकारले विभिन्न बहानामा प्रभावित बनाएको जनाउंदै उनीहरुले सरकारको यस्ता नीति नियम तत्काल बन्द हुनुपर्ने माग गरे । यस्ता नियमले विश्वविद्यालय र समग्र बेलायती शिक्षालाई समेत असर पार्ने मन्त्री टेइलरलाई जानकारी दिए । भेटमा कंडेलका साथै दि ब्रिटिश कलेजका सल्लाहकार समेत रहेका हाउस अफ लर्डका प्रतिनिधि लर्ड स्याण्डवीच, साउथ लण्डन कलेजका प्रिन्सीपल निक एण्ड्रु, बोर्ड सदस्य एन्टोनी विलर, विद्यार्थी प्रतिनिधि सुर्य तामाङ लगायत सहभागि थिए । विद्यार्थीको तर्फबाट सहभागि तामाङले प्राईभेट कलेजमा अध्यायन गर्ने विद्यार्थीहरुपनि वास्तबिक विद्यार्थी हुने बताउंदै सरकारको परिवर्तित नियमले विद्यार्थीहरुलाई मारमा पारेको जानकारी गराए । विद्यार्थीको तर्फबाट सहभागी तामाङले प्राइभेट कलेजबाट डिग्री लिन चाहने विद्यार्थीहरुलाई काम गर्नबाट बञ्चित गराईनु दुखदायी भएको स्मरण गर्दै बेलायती कामको अनुभव होम कण्ट्रीमा लैजाने विद्यार्थीको चाहना युके सरकारको नियमले तुषारापात गरीदिएकोमा दुख ब्यक्त गरे । विद्यार्थी प्रतिनिधि तामांगले भने, ‘प्रत्यक वर्ष अंग्रेजी भाषाको परिक्ष दिनु पर्ने खर्चिलो नियम र सरकारको विद्यार्थीहरु प्रतिको नराम्रो दृष्टिकोणले उनीहरु मारमा परेको छन् ।’ भेटमा उपमन्त्री लर्ड टेइलरसंगै होम अफिसका प्रतिनिधि जेम्स टर्नरपनि सहभागि थिए । सो अवसरमा मन्त्री टेइलरले प्राइभेट कलेजमा मागहरु केहि हदसम्म सरकारात्मक भएको बताउंदै माथिल्लो निकायमा कुरा राख्ने आश्वासन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा