नेपाली प्रशिक्षक अस्ट्रेलियामा, स्टेफानोस्कीको बीकासे अभियान

७ असार २०७०, शुक्रबार ०४:०० मा प्रकाशित

हेमन्त काफ्ले, सिडनी, ७ असार । नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक ज्याक स्टेफानेस्की यतिखेर नेपाली फुटबलको भबिष्य खोज्ने अभियानमा अस्ट्रेलिया आइपुगेका छन ।

हुन त अमेरिका, इङल्यान्ड र अस्ट्रेलियामा छरिएर बसेका नेपाली युवा पीढीलाई खोज्ने उनको सोच सकरात्मक होला तर उच्च अध्यन वा एनआरएन बनेका नेपाली व्यावसायिक फुटबलमा होमिएका अझै सम्म भेटिएका छैनन। नेपालवाट खेल्दा खेल्दै बिदेशिएका एक हुल खेलाडीका लागि भने ज्याकको यो अभियान एउटा सन्देशमुलक कथा जस्तै बनेको छ ।

अस्ट्रेलियामा रहेको यती फुटलब क्लबको आतिथ्यमा ज्याकले सिडनीको बेलफील्डस्थीत बार्क हर्ट रिर्जभ्स मैदानमा केहि नेपाली युवाहरुको खेल हेरे । यहा नेपाली प्रतिभाशाली खेलाडी विजय कार्की लगायतले सिडनीमा ट्रायल दिएका थिए। कार्की नेपालको ए डिभिजन क्लब सरस्वतीवाट फुटबल खेलिसकेका खेलाडी हुन। कार्कीले बिदेशमा रहेर पनि नेपाली राष्ट्रिय टोलीका लागि प्रतिस्पर्धा गर्न पाउनु भाग्यको कुरा भएको बताए। उनले यसका लागि आफुले सक्दो मिहिनेत गरेको सुनाए।

आउंदो साफ च्याम्पियनशिप फुटबललाई मध्यनजर गरेर खेलाडी खोज्न अस्ट्रेलिया आइपुगेका ज्याकले सिडनी र मेलवर्नमा खेलाडी छानेका थिए। मेलवर्नमा भने दुइ जना युवा खेलाडीको खेलवाट उनि प्रभावित भएको स्थानिय अयोजक यती फुटबल क्लबले जानकारी दिएको छ। मेलवर्नमा स्थानिय क्लबसँग नेपाली टोलीले मैत्रिपूर्ण खे्ल खेलेको थियो।

केहि खेलाडीहरुलाई ज्याकले मन पराएको उनिहरुको नाम भने पछि सार्वजनिक गरिने स्थानिय आयोजक यति क्लबले जानकारी दिएको छ।
छनोटको सिडनी संयोजक सुरेश गुरुङले छनोट सोचे अनुरुप नभएको बताए । उनले बर्षाका कारण सहभागिता न्युन हुन गएको सुनाए । सिडनीमा चार जना सिनियरतर्फ र एक जना जुनियर खेलाडी प्रारम्भीक छनोटमा परेको गुरुङले अन्नपुर्णलाई बताए। बेलफील्डको मैदानमा भएको छनौटमा प्रशिक्षक स्टेफानोस्कीले करिब ४० जनाको खेल नियालेका थिए।

मेलवर्नमा पुराना खेलाडी अर्जुन रिजाल लगायत केहि नाम चलेका खेलाडीको सहभागिता रहेको थियो। तर जे होस मुलुकमा क्रिकेटले मारेको फट्कोले नेपाली फुटबललाई रन्को लागेको भने यस भ्रमणवाट प्रष्ट हुन्छ । यस्ता खाले नया सोच र समयानुकुल बातावरण स्वदेशकै फुटबलमै भित्र्याउने हो भने दाम र नाममा अब्बल मानिएको फुटबलले परिणाममा पनि फट्को मार्न सक्ने थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौं। वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका गोलरक्षक रोशन खड्काले सडनडेथमा नायकत्व भूमिका खेलेपछि विभागीय टोली नेपाल पुलिस क्लब आहारारा गोल्डकपको क्वाटरफाइनलमा