भेषबहादुरका सुपुत्र भाष्कर रहेनन्

६ असार २०७०, बिहीबार २१:५७ मा प्रकाशित

काठमाडौं, ६ असार । ख्यातिप्राप्त नेपाली कूटनीतिज्ञ भेषबहादुर थापालाई पुत्रशोक परेको छ । थापाका अमेरिका बस्दै आएका सुविख्यात इञ्जिनयर पुत्र भाष्कर थापाको निधन भएको हो ।  ४९ वर्षिय भाष्करको बुधबार साँझ हृदयाघातबाट निधन भएको बताइएको छ ।
प्रसिद्ध कार्नेजी मेलोन विश्वविद्यालयबाट एमएस गरेका थापा सनफ्रान्सिस्को सहरस्थित ज्याकोब्स एसोसिएट्स नामक कम्पनीको उच्चतहमा कार्यरत थिए भने अमेरिकाको शिकागो, सनफ्रान्सिस्को लगायतका सहरमा थापाको डिजाइनमा उच्चप्रविधियुक्त टनेलहरू बनेका छन् । ब्रकले सहरमा बस्दै आएका उनी बुधबार साँझ कार्यालयबाट फर्की टेनिस खेलेपछि आराम गर्ने क्रममा अचानक ढलेका थिए । उपचारार्थ अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । अन्तिम संस्कारका लागि स्वर्गीय भाष्करको शव नेपाल ल्याउने तयारी भइरहेको बुझिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र

प्योङयाङ।उत्तर कोरियाले फेरि अर्को मिसाईल प्रहार गरेको छ । उत्तर कोरियाले पूर्वी सागरमा बिहीबार अर्को मिसाईल प्रहार गरेको हो ।