उत्तराखण्डको बाढीमा ६ नेपाली युवा बगे

६ असार २०७०, बिहीबार १५:२४ मा प्रकाशित

काठमाडौं, ६ असार । कामको खोजिमा भारतको उत्तराखण्ड राज्यको गौरिकुण्ड गएका जाजरकोट टालेगाउँका ६ युवाको बाढीले बगाएर मृत्यु भएको छ । उनीहरु भर्खरै प्लस टूको परीक्षा दिएर कामको खोजीमा घरबाट निस्केका बताइएको छ । केदार धाम जाने बाटोमा अचानक आएको बाढीपहिरोमा परी उनीहरुको मृत्यु भएको सँगै गएका मृतकहरुका साथी दलबहादुर सिंहले जानकारी दिएको जाजरकोट प्रहरीले जनाएको छ । उक्त दुर्घटनामा टालेगाउँ का २७ बर्षीय अभिबहादुर सिंह, २० बर्षीय गणेशबहादुर सिंह, २१ का बखतबहादुर सिंह, २२ का धिरेन्द्रबहादुर सिंह, १९ बर्षीय  बीरेन्द्र ब सिंह र टालेगाउँ ७ का १८ बर्षीय हरीबहादुर शाहीको मृत्यु भएको हो ।  एउटै गाउका धेरै युवकले दुर्घटनामा ज्यान गुमाएकाले गाउँले गहिरो शोकमा परेका छन् ।
यसैबीच गत शनिबार त्रिशुली नदिमा  कुरिनटारबाट बेपत्ता भएकामध्ये एक किशोरी मनिका रेग्मीको शव बिहिबार बिहान फेला परेको हो । चितवनको कविलाश गाविस ५ स्थित केराबारी भन्ने स्थानको त्रिशुली नदि किनारमा शव फेला परेको हो । बगेका अन्य चारजना रजनी रेग्मी, लिजा रेग्मी, अस्मिता थापा र जनक राउतको शव अझैं फेला नपरेका हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन आगामी वैशाखमै भएपनि त्यसको सामनाको लागू आफूहरु तयार रहेको

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि