पीडितलाई क्षतिपुर्ति दिन नेता खाणको माग

६ असार २०७०, बिहीबार १५:०९ मा प्रकाशित

रुपन्देही, ६ असार । पुर्वसिंचाईमन्त्री बालकृष्ण खाणले बाढीपहिरोबाट देशका बिभिन्न स्थानमा भएको क्षतिप्रति दुख व्यक्त गर्दै पिडित परिवारलाई उचित क्षतिपुर्ति र तत्काल उपयुक्त स्थानमा बसोबासको व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ । बाढीपहिरो दैबि प्रकोप भए पनि समयमा क्षतिन्युनिकरणका लागि पुर्वप्रयास र सर्तकता नअपनाइएकाले बढी क्षति भएको उहाँले बताउनुभयो । पूर्वमन्त्री खाणले एक बिज्ञप्ति प्रकाशित गरी पिडित परिवारलाई राहतसहित बसोबासको व्यवस्था मिलाउन र जोखिमा परेका स्थानमा उच्च सर्तकता अपनाउन सरकारसँग आग्रह गर्नुभएको छ । उहाँले विगतमा आफ्नो कार्यकालमा सुरु भएको जनताका लागि तटबन्ध कार्यक्रमलाई आवश्यक बजेट बिनियोजन गरी अभियानका रुपमा हरेक नदीमा सञ्चालन गर्न नसक्दा नदी किनारका जनता र किसानले बर्षेनी ठुलो क्षति व्यर्होनु परेको उल्लेख गर्नुभएको छ । नेपालका नदीको उचित व्यवस्थापन र सिचाईका लागि जनताका लागि तटबन्ध कार्यक्रमलाई एकिकृत बिकासपरियोजनाका रुपमा बिकास गर्नुपर्नेमा नेता खाणले जोड दिनुभएको छ ।
बुटवलमा तिनाउ नदीमा समेत अहिले कटान भएकोप्रति चिन्ता ब्यक्त गर्दै उहाँले नदीका दुबैतर्फ सबै स्थानमा तटबन्ध र रिटेनिङ वाल निर्माण हुन नसकेकाले समस्या आएको बताउनु भयो । उहाँले तिनाउमा क्षति हुन नदिन र सजगता अपनाउन सिचाई मन्त्रालय सहित बिभिन्न निकायमा आफुले पहल गरीरहेको समेत बताउनु भयो पुर्वमन्त्रि खाँणले हालै मन्त्रि परिषदका अध्यक्ष खिलराज रेग्मि, अर्थमन्त्रि शंकरप्रसाद कोईरालालाई आगामी बर्षको बजेटमा सिचाई र जनताका लागि तटबन्ध कार्यक्रमलाई देशव्यापी अभियानका रुपमा सञ्चालन गर्ने गरी व्यवस्था गर्न माग गर्दै सुझाव पत्र बुझाउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस