बामदेबद्वारा वाइसीएलको वकालत

६ असार २०७०, बिहीबार १०:५७ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ६ असार ।  एमाओवादी केन्द्रिय सदस्य वामदेव क्षेत्रीले आउँदो मंसिर ४ गते हुने चुनावी प्रचारप्रसार र स्थानीय स्तरमा सुव्यवस्था कायम गर्न वाइसिएलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका छन् । आगामी चुनावमा एनेकपा माओवादीले जनताको भोटबाट अग्रस्थान प्राप्त गर्ने समेत क्षेत्रीले दावी गरे । कार्यक्रमका वक्ताहरुले समाजमा अनैतिक कार्य गर्नेको नियन्त्रण, शान्ति, सुरक्षा र शुसासनको कायम गर्न सेनाको रुपमा देशमा मुख्य रुपले वाइसिएलको भूमिका रहेको उल्लेख गरे ।
एनेकपा माओवादीका केन्द्रीय सदस्य वामदेव क्षेत्रीको प्रमुख आतिथ्यतामा भएको सो कार्यक्रममा विशेष अतिथि एनेकपा माओवादी केन्द्रीय सदस्य टंकमणि शर्मा, अन्य अतिथीहरुमा पार्टी राज्य सदस्य शन्तोष विक, वीरवबहादुर पुन, प्रेम गुरुङ, मुस्लीम आयोग अध्यक्ष निर्दोष अलि, जिल्ला सदस्य तथा मगर राष्ट्रिय मुक्ति मोर्चा जिल्ला संयोजक मनोज राना, सुदन अधिकारी,अनेम संघ महिला अध्यक्ष मन्जु भुसाललगायत ररहेका थिए । अन्तरक्रिया कार्यक्रम बेरोजगार युवा संघ रूपन्देहीका सचिव प्रकाश अधिकारीको संचालन तथा अध्यक्ष मदन खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो । योङ्ग कम्यूष्टि लिग नेपाल बुटवल–१३ को आयोजनामा भिमसेन श्रेष्ठ (प्रेम)को अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरी वडाका सम्पूर्ण कार्यक्षेत्र विभाजन गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस