प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी

६ असार २०७०, बिहीबार १०:५२ मा प्रकाशित

कपिलवस्तु, ६ असार । प्रहरीको नक्कली नियुक्ती पत्र दिई ठगी गर्नेलार्ई जिल्ला अदालत कपिलवस्तुले पुर्पक्षका लागि थुनामा पठाएको छ । अदलतको आदेशमा जिल्लाको बरकुलपुर गाबिस–८ भरिया टोलका दिलिप बिक कारागार गएका हुन् । अब बिकको मुद्दा थुनामा रही अघि बढने छ । उनले प्युठान हंसपुर गाबिस–४ का प्रकाश बिक र आशा बिकसँग नेपाल प्रहरीमा जागिर लगाई दिने भन्दै जनही ५०÷५० हजार ठगी गरेका थिए । रकम लिई नियुक्ती पत्र दिई उनीहरुलाई हाजिर गर्न पठाए पछि ठगी काण्ड बाहिर आएको हो । प्युठानबाट एउटै बसमा आउदै गर्दा गत पुषमा चीनजान भई दिलिपसँग उनीहरुको परिचय भएको दिएको थियो । दिपिलले आफु नेपाली सेनाको ठूलो ओहदाको मान्छे भएको र ठूला नेताहरुसँग चिनजान भएकाले सजिलै जागिर लगाई दिने वचन दिएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड