माओवादीले हतियार र लडाकु नछाडेसम्म संविधान बन्दैन: काँग्रेस नेता महत

२६ चैत्र २०६८, आईतवार ०४:३३ मा प्रकाशित

तनहुँ,२५ चैत्र । काँग्रेस नेता रामशरण महतले माओबादी सेना र हतियारको थान्को नलागे सम्म नयाँ संविधानको कल्पना समेत गरन नसकिने बताउनु भएको छ । शनिबार तनहुँमा आयोजित पत्रकार भेटघाटमा बोल्दै काँग्रेस नेता महतले संविधान बन्न पहिलो सर्त माओवादी हतियार र लडाकुको ठेगान लगाउनु पर्छ । काँग्रेस नेता महतले भन्नु भयो माओवादीले हतियार र लडाकु नछाडेसम्म संविधान बन्दैन्। माओवादीले सहमती अनुसार ६ महिनामा टुड्ग्याउनु पर्ने सेना समायोजनको पाटो अहिलेसम्म नटुडि्ग्एको भन्दै महतले संविधान बन्न नदिने अवस्था माओबादीले सिर्जना गरेको आरोप पनि लगाउनु भयो ।
काँग्रेस नेता महतले अगाडी भन्नु भयो संविधान सभाको ६ महिनाभित्र माओवादीले हतियार, लडाकु र सम्पति फिर्ता गर्ने सहमती भएको थियो ४ वर्ष वितिसक्दा पनि सहमती कार्यान्वयन भएको छैन्। चैत मसान्तभित्र पनि लडाकु समायोजन नभए उनीहरुलाई पनि पैसा दिएर बिदाई गर्नुपर्ने र नयाँ संबिधान जारी गर्नु पर्ने धारणा ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोइरालालाई बेपत्ता भएको १९ वर्षपछि घर फर्काइएको छ । नेपालगञ्जमा भेटिनुभएका विज्ञानलाई

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारको नेतृत्व गर्नेहरु राष्ट्रिय हित विपरीतका गतिविधिमा लागेको आरोप लगाएका छन्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतका नेताहरुबीच छलफल भएको छ । प्रधानमन्त्री निवास

काठमाडौं । सत्ता समीकरणबारे नेपाली कांग्रेस र माओवादी केन्द्रसँग वार्ता चलिरहेका बेला जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले