पहिरोले घर भत्काउँदा एकै परिवारका तीनको मृत्यु

६ असार २०७०, बिहीबार ०९:४० मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ६ असार । अविरल वर्षाको कारण पाल्पामा घर भत्किँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । घटनामा वीरकोट १ पोखरिछापाका बलबहादुरकी श्रीमती ४६ बर्षिाय भविश्बर बाह्रघरे, छोरीहरु १३ वर्र्षीय निरमाया, १० बर्षिय मनिषाको पहिरोले च्यापिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ  । बलबहादुर चाहिँ समान्य घाइते भएको पाल्पा प्रहरीले बताएको छ । मंगलबार राति १ बजे घरभन्दा माथितिरबाट आएको पहिरोले घर भत्काउँदा घटना भएको बताइएको छ । विकट गाउँ भएकोले प्रहरी ढिलो मात्र जानकारी पाएको बताएको छ ।
यसैबीच पाल्पाको दोभानामा एकजनाको शव फेलापरेको छ । अन्दाजी ४० वर्षका पुरुष मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । उता, अर्घाखाँचीको चिदिकामा खेदुवाखोलाले बगाएर १ जनाको मृत्यु भएको छ । चिदिका १ आँपचौरका यमबहादुर बिकलाई खोलाले बगाएको जिल्ला प्रहरी कार्यलय अर्घाखाचीले जनाएको छ । शव भने अहिलेसम्म फेला नपरेको  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक  हिराबहादुर पान्डेले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा