बाढीपहिरोका कारण भारतमा नेपाली तिर्थयात्रुको बिचल्ली

६ असार २०७०, बिहीबार ०७:३९ मा प्रकाशित

काठमाडौं, ६ असार । तिर्थयात्रामा भारत गएका सयौं नेपाली बाढीपहिरोका कारण बाटैमा अलपत्र परेका समाचार प्राप्त भएको छ । भारतको उत्तराखण्डस्थित केदारनाथ-बद्रीनाथ तीर्थयात्रामा गएका चार सयभन्दा बढी तिर्थालु नेपाली बीचबाटोमै सम्पर्कविहीन बनेका हुन् । निरन्तरको वर्षाले सबै प्रकारका यातायात, विद्युत् र सूचना सम्पर्क विच्छेद भएको जनाइएको छ । भारत र नेपालका सहित हजारौँ तिर्थयात्री बीचबाटोमा अलपत्र परेपछि भारत सरकारले हवाई उद्धारको काम थालेको बताइए पनि नेपालीहरुको अवस्थाबारे अझै एकिन जानकारी प्राप्त हुन सकेको छैन । समाचारमा भारतीय सेनाका २२ र उत्तराखण्ड सरकारका १४ विमानले तीर्थयात्रुको केदारनाथ-बद्रीनाथबाट देहरादूनसम्म उद्धार गरिरहेको छ । नेपाली यात्रुका अवस्थाबारे जानकारी पाएर पनि दिल्लीस्थित नेपाली दूतावासले आवश्यक पहलकदमी लिन नसकेको बुझिएको छ ।
अविरल वर्षाका कारण भारत उत्तराखण्डका यमुना र मन्दाकिनी नदीमा ठूलो बाढी आएको छ । रुद्रप्रयाग र केदारनाथका बीचका दुई पुल भत्केको खबर आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा