वैद्य समूहले लत्यायो निर्वाचन आयोगको अनुरोध

६ असार २०७०, बिहीबार ०७:१४ मा प्रकाशित

रासस, काठमाडौं, ६ असार । आगामी मङ्सिर ४ गते संविधानसभाको निर्वाचन सम्पन्न गर्न कार्यतालिका प्रकाशित गरेको निर्वाचन आयोगले बुधबार विभिन्न छ राजनीतिक दलसँग निर्वाचनको वातावरण सहज बनाउन छलफल गरेको छ। छलफलमा अन्य मुख्य दलहरु उपस्थित भए पनि नेकपा–माओवादी भने आयोगका अधिकारीहरुको अनेक प्रयत्नपछि पनि अनुपस्थित रह्यो।
छलफलपछि पत्रकारसँग कुरा गर्दै आयोगका सदस्य अयोधीप्रसाद यादवले निर्धारित समयमै निर्वाचन सम्पन्न गर्न कहिँकतैबाट अवरोध नहुने वातावरण तयार पार्न सबै दलहरूबाट सहयोगको अपेक्षा गरिएको बताए। उनले नेकपा–माओवादी आजको छलफलमा अनुपस्थिति भएपनि त्यसलाई पुनः छलफलमा आउन आग्रह गरिने जानकारी दिए।
नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले यही असार मसान्तसम्ममा मतदाता नामावली सङ्कलन गर्नेदेखि असोजको पहिलो हप्ता उम्मेदवार मनोनयन गर्नेलगायतका कार्यक्रम तयार गरेर आयोगले चुनावका लागि वातावरण तयार पार्न आग्रह गरेको उल्लेख गर्दै आफ्नो दल यसका लागि हदैसम्म लचक भएको र अन्य दललाई पनि चुनावमा सरिक हुन पहल गर्ने बताए। उनले चुनावको विकल्प नभएको र अन्तिम निकास नै चुनाव भएको बताए।
एमाओवादीका नेता पोष्टबहादुर बोगटीले निर्वाचनको कार्यतालिका अलि साँघुरो भएकाले यसमा बाधा नहोस् भन्ने आयोगको अपेक्षाअनुसार वातावरण सहज बनाउन आफ्नो दलले पनि पहल गर्ने बताए।
आयोगले अहिलेसम्म एक करोड २० लाख मतदाताको नाम सङ्कलन गरिसकेको र यसको सङ्ख्या एक करोड ५४ लाखसम्म पुग्ने अनुमान गरेको जानकारीमा पनि बैठकमा दिइएको उनले जानकारी दिए।
सो छलफलमा नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनाल, नेकाँका उपसभापति पौडेल, एमाओवादीका महासचिव पोष्टबहादुर बोगटी, मधेसी जनअधिकार फोरमका सल्लाहकार अमरेश नारायण झा, मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका रामेश्वर राय यादव र सङ्घीय समाजवादी पार्टी नेपालका वरिष्ठ उपाध्यक्ष रिजवान अन्सारी सहभागी थिए।

प्रतिक्रिया
सम्बन्धित खवर

पछिल्लो २४ घण्टामा देशभर कोभिड–१९ का आठ हजार ८५० सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई माधव नेपाल– झलनाथ खनाल पक्षले भोलि विहान ९ बजेसम्मको अल्टिमेटम

काठमाडौं । सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७