नेपाली क्रिकेटर सुनाम अष्ट्रेलियामा भाग्य चम्काउदै

६ असार २०७०, बिहीबार ०६:१९ मा प्रकाशित

हेमन्त काफ्ले, सिडनी, ६ असार । नेपाली क्रिकेट टोलीले डिभिजन दुइको छलाङ मारेको बेला नेपाली खेलाडीले पनि ब्याबसायिक क्रिकेटमा फट्को मार्न थालेका छन । यसै साता वसन्त रेग्मी र ज्ञानेन्द्र मल्लले क्यानेडीयन क्रिकेट क्लबमा अनुवन्धन पाएको बेला अर्का नेपाली युवा क्रिकेटर सुनाम गौतमले भिक्टोरियाको फुट्सक्रे एजवाटर क्रिकेट क्लबमा स्थान बनाएका छन।

नेपाली ठिटाहरुले क्रिकेटमा पाएको सफलताले पनि खेलाडीहरु प्रति बिश्वास बढेको अहिलेको परिप्रेक्षमा उज्वल भबिष्यको सपना कोर्न बिदेशीएका युवाहरु क्रिकेटमा आवद्धता पाउनु यहा निकै ठुलो बिषय बनेको छ । २०६२ सालमा नेपालको यु १५ राष्ट्रिय टोलीमा प्रवेश पाएका सुनामको क्रिकेट जिवन चलिरहँंदा उनले परिवारको दबाव खेप्न सकेनन र उच्च अध्यनका लागि हानिएका थिए। खेलेरै जिवन यापन नहुने परिवारको धारणाले उनलाइ पनि पिरोल्यो। नेपालको एपीएफ क्रिकेट क्लबमा आवद्ध भएर अगाडि बढिरहँदा सुनामले आफुलाई नेपाली क्रिकेटमा स्थापति गरासकेका थिए। तर अभिभावकको निर्णय र नेपाली खेलक्षेत्रको मनोदशाको गहणले सुनाम भिक्टोरियाको मेलवर्न शहरमा आइपुगे । नेपाली क्रिकेटमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, शक्ती गौचन जस्ता खेलाडीसँग क्रिकेटमा रमाएका सुनामको खेलप्रेम अस्ट्रेलिया आएर पनि के सकिन्थ्यो र । क्रिकेटमा प्रभुत्व जमाएको अस्ट्रेलियामा नेपाली खेलाडीको ब्यबसायिक क्रिकेट खेल्ने कुरा फलामको चिउरा चपायझैँ हुन्छ।

भिक्टोरियाको स्टेट लेभलको क्लब भिक्टोरियाको फुट्सक्रे एजवाटरको ट्रेनिङ ग्राउन्ड सुनामको युनिभर्सिटीसँगै जोडिएको थियो। क्रिकेटलाई सबैथोक मान्ने सुनाम कक्षा सकिनासाथ मैदान चाहर्थे र घन्टौ अभ्यास हेर्ने गर्थे। एक दिन दुइ दिन गर्दै धेरै दिन अभ्यास हेर्न गए। पछि त्यस क्लबका पशिक्षकसँंग म पनि क्रिकेट खृल्न चाहन्छु भनेर प्रस्ताव राखे उनले । तर प्रशीक्षकले हामि तिमिहरु जस्तो खेलाडीलाई लिन सक्तैनौ भनेपछि म सारै दुखी भए,सुनामले मेलवर्नको क्रिकेट यात्रा सुनाए। प्रशिक्षकले तल्लो लेभल पार गरेर आएका खलाडीलाई मात्र क्लबले स्थान दिने जवाफ दिएका थिए। दुइ चार हप्ता पछि सुनामले आँट गरेर प्रशिक्षकलाई भने, कम्तीमा मेरो खेल त एक पटक हेर्नुस । आखिर क्रिकेटर न परे सुनाम किन थाक्थे अभ्यास हेर्न ।

लगातार एउटा ठिटो मै्रदानमा क्रिकेट हेर्न आउने र आफु पनि खेल्छु भन्ने कुराले फुट्सक्रे एजवाटरका प्रशिक्षकलाई पनि घत परे छ क्यारे। एक दिन प्रशिक्षकले मंगलबार नेटमा अभ्यास गर्न आउ भनेर जवाफ दिएछ सुनामलाइ। त्यसपछि मेलवर्नमै रहेका केही साथीको मद्दतमा लगातार अभ्यासपनि गरेछन।

त्यो मंगलबार कहिले आउला जस्तो भयो किनभने मलाई क्रिकेट खेल्न थियो, सुनाम यसरी आफ्नो रोचक अभियान सुनाउछन। मंगलबार उनको नेटको अभ्यास पछि फीजिकल्ली फीटनेसको पनि टेस्ट लिएछन प्रशिक्षकले। नेपालमा लामो समय क्रिकेट खेलेका युवा क्रिकेटर सुनामले क्लब प्रवेशका् कथा यसरी सुनाए।

पहिलो खेलमा भिक्टोरियाको फुट्सक्रे एजवाटरवाट एक सय आठ रन बनाएपछि सुनाम यतिखेर चर्चामा छन। क्लबले उनको प्रायोजन र पैसाको टुंगो भने लागेको छैन । कीनकी बिध्यार्थीलाई प्रायोजनको चक्करमा धेरै क्लबले कम्ती पैसामा क्रिकेट खेलाइरहेको तथ्य सुनामले ब्योहोरेका रहेछन। उनि भन्छन म पैसामै खेल्ने बिषयमा सहमत भएको छु, तर यतिपैसा भन्ने यकिन भएको छैन। क्यामरुन हवाइट, ग्लेन म्याक्सवेल र डेभिड हस्सी जस्ता कहलिएका क्रिकेटर खेलिरहेको भिक्टोरिया लिगमा सुनाम जस्ता नेपाली युवाको प्रवेश आफैमा गर्विलो कुरा हो।

आफु फुर्सत हुनासाथ क्रिकेटको अभ्यासमा जुट्ने बताउने सुनामलाई अर्का क्रिकेटर यशवन्त सुवेदी लगायतले हौसला दिदै आएका छन। मेलवर्न पोर्टर स्माउथबाट ब्याबसायिक क्रिकेट खेलिरहेका यशवन्त हाल भने तिन महिने बिश्राममा छन। क्लबसँगको अनुवन्धन सकिएपछि उनि हाल बिदामा नेपाल फर्किएका छन। सुनाम भन्छन,सकेसम्म माथिल्लो लेभलको क्रीकेट खेल्ने प्रयास गर्ने छु। अहिले पनि पहिलो प्राथमिकता नेपाली क्रिकेट नै भएको बताउने सुनामले बिदेशमा नेपाली खेलाडीले राम्रो गरे मुलुकको इज्जत र प्रतिष्ठा बढ्ने बताउछन।

डिभिजन दुइमा प्रवेश गरेको नेपाली टोलीलाई अस्ट्रेलियामा अभ्यासका लागि ल्याए सुनमा सुगन्ध हुने सुनामले बताए। किनभने न्युजिल्यान्ड र यहाको पीच र मौसम उस्तै छ,त्यसैले यहा एक महिने अभ्यास गराउने हो भने नेपाली खेलाडीको मनोबल उच्च हुने उनको तर्क थियो। मैले प्रशिक्षक पुबुदुलाई टेलिफोन र इमेलमा कुरा पनि गरेको छु यदि यहा ल्याउने भए हामी अभ्यासका लागि टिम खोज्ने र अन्य कार्यमा सहयोग पुरयाउने थियौ,सुनाम भन्छन।

बिदेशमा नेपाली खेलाडी खोज्न हिडेको नेपाली फुटबल प्रशिक्षक ज्याक स्टेफानोस्कीले मेलवर्नमै रहँदा नेपालका युवा क्रिकेटर सुनामले भने त्यहाको राम्रो क्लबवाट खेल्न पाउन आफैमा संयोगको बिषय बनेको छ । यस्तो परिस्थीतीमा क्रिकेटमा काहालीलाग्दा पदाधिकारी र फुटबलमा कहलिएका अधिकारी बिचको भिन्नता के ले छुट्याउने हो त्यो भने खोजको बिषय बनेको छ।

हो, अझै मुलुकवाट धित मर्ने गरी क्रिकेट खेल्न पाएको छैन, राष्ट्रिय टोलीमा परेपनि सिनियरमा खेलेर मुलुकको नाम उचो पार्ने रहर अझै बाकी छ, यो मन त मेरो नेपाली हा, सुनामले अन्तमा यसरी आफ्नो इच्छा पोखे।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौं। वैकल्पिक खेलाडीको रूपमा मैदान छिरेका गोलरक्षक रोशन खड्काले सडनडेथमा नायकत्व भूमिका खेलेपछि विभागीय टोली नेपाल पुलिस क्लब आहारारा गोल्डकपको क्वाटरफाइनलमा