बलात्कारीदेखि रंगीला जोडीसम्म प्रहरी हिरासतमा

५ असार २०७०, बुधबार २२:३९ मा प्रकाशित

काठमाडौं, ५ असोज । १५ बर्षीया बालिकालाई बलात्कार गर्ने किर्तिपुरका राजकुमार महर्जनलाई प्रहरीले हिरासतमा लिई कारबाही सुरु गरेको छ । थानकोटमा होटल व्यवसाय गर्दै आएका ४१ वर्षिय महर्जनले आप्mनै होटलमा काम गर्न राखेको ती बालिकालाई मंगलबार राती ललाइफकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । पिडित स्वयमले महानगरीय प्रहरी प्रभाग थानकोटमा निवेदन दिएपछि अभियुक्त राजकुमार र उनकी श्रीमतीलाई समेत अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
यसैगरी काठमाडौं मित्रनगरस्थित नेपाली तारा गेष्ट हाउसबाट झापा बिर्तामोड–२ घर भएका ५४ बर्षीय भुबिक्रम बस्नेत र भारत गोलाघाट आसाम १ घर बताउने १७ बर्षीया स्नेहा निरौलालाई प्रहरीले आपित्तजनक अबस्थामा फेला पारी नियन्त्रणमा लिएको छ । मंगलबार साँझ गोंगबुबाट खटिएको प्रहरी टोलीले गेष्टहाउसहरुमा सर्च गर्ने क्रममा निजहरुलाई नियन्त्रणमा लिएको थियो । साथै उक्त गेष्ट हाउस चेकजाँच गर्ने क्रममा सोहि गेष्ट हाउसमा बसेका सुनसरी ईटहरी ५ घर भई हाल काठमाडौं बुद्धनगर बस्ने ३७ बर्षीया रमा निरौला, मोरङ कसेनी–५ घर भई काठमाडौ बुद्धनगर बस्ने ४५ बर्षीया अन्जु श्रेष्ठ, नुवाकोट अन्छे–९ घरभई हाल काठमाडौ बौद्ध बस्ने २२ बर्षीया सनी गुरुङ र १७ बर्षीया सजु गुरुङ समेतलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा

काठमाडौँ ।नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेल र महासचिव शंकर पोखरेललाई झन् बढी शक्तिशाली बनाइएको छ । केपी शर्मा ओलीको

काठमाडौं।यही साताको पूर्वाद्र्धमा पाँच चिनियाँ लडाकु विमानले पुनः एक पटक ताइवानी सीमामा घुसपैठ ग¥यो । यसरी चिनियाँ लडाकु विमान ताइवानी

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४