फरार ठग र रक्तचन्दन कारोबारी प्रहरी नियन्त्रणमा

५ असार २०७०, बुधबार २२:२२ मा प्रकाशित

काठमाडौं, ५ असार । काठमाडौं डिल्लीबजारमा रहेको संगम सहकारी मञ्च बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरी फरार रहेका यमबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । इलाम कन्याम–७ स्थायी वतन भई हाल मैतिदेवी बस्ने ३० बर्षीय एम वान्तवा भनेर चिनिने राईलाई केन्द्रिय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरीले ललितपुर जाउलाखेलबाट नियन्त्रणमा लिएको हो ।
राइलाई रकम हिनामिना गरी ठगी गरेको मुद्दामा काठमाडौं जिल्ला अदालतले गत वर्ष भदौमा बिगो बमोजिम ११ लाख ३६ हजार २ सय ७० रुपैया जरिवाना तथा १ महिना १५ दिन कैद सजायको फैसला गरेको थियो । पक्राउ अभियुक्तलाई आवश्यक कारबाहीको लागि बुधबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ ।
यस्तै, धादिङ नौबिसे–८ घर भएका ६० बर्षीय शेरबहादुर तामाङलाई अवैध रक्तचन्दनको तेलसहित प्रहरीले पक्राउ गरेको छ । अबैध रक्तचन्दनको तेल ओसार पसार बिक्रि बितरण हुन लागेको भन्ने सुचनाको आधारमा महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीबाट खटिएको इन्टेलिजेन्स टोली र प्रहरी प्रभाग गौशालाबाट खटिएको संयुक्त टोलीले काठमाडौ–८ जयबागेश्वरी चोकस्थित सार्बजनिक स्थानमा निज तामाङलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा निजले लुकाई छिपाई बोकेको अवस्थामा सिलप्याक बिर्को भएको सिलभरको २ वटा बोत्तलमा ९५० मि.लि. रातो रंग भएको रक्तचन्दनको तेल सहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा