अठार दलले दिए रेग्मीलाई यस्तो सुझाव

५ असार २०७०, बुधबार १९:२३ मा प्रकाशित

काठमाडौं, ५ असार । चुनावी मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीले आफू निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न र निर्वाचनमा अधिकाधिक सहभागिता सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताएका छन् । प्रगतिशील लोकतान्त्रिक राष्ट्रिय मञ्चमा आबद्ध विभिन्न अठार राजनीतिक दलका प्रतिनिधिले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भेट गर्दा अध्यक्ष रेग्मीले सो धारणा व्यक्त गरेका हुन् । भेटका क्रममा ती दलका प्रमुख एवम् प्रतिनिधिहरुले मन्त्रिपरिषद्ले घोषणा गरेको आगामी मङ्सिर ४ गतेको निर्वाचन मितिको स्वागत गर्दै धन्यवाद पनि दिए। राजनीतिक दलका प्रतिनिधिले संविधानसभा निर्वाचन सुनिश्चित गर्नका लागि दलका प्रतिनिधिले निर्वाचनमैत्री वातावरण निर्माण गर्न, निर्वाचनमा आधिकारिक जनसहभागिता सुनिश्चित गर्न माग गरेका थिए। निर्वाचनलाई स्वच्छ, निस्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सुशासन र पारदर्शिता कायम गर्नुपर्ने कुरामा सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव उनीहरुले दिँदा रेग्मीले सुझावको स्वागत गरेका मन्त्रिपरिषद्को निजी सचिवालयले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको