फिस्टेलको हेलिकप्टर चिनीयाँ सीमामा दुर्घटनाग्रस्त

५ असार २०७०, बुधबार १९:०१ मा प्रकाशित

काठमाडौं, ५ असार । हुम्लाको हिल्सामा बुधबार दिउँसो फिस्टेल एयरको हेलिकप्टर दुर्घटनामा परेको छ । ६ जना सवार हेलिकप्टरको दुर्घटनाको तथ्य विवरण भने अहिलेसम्म प्राप्त हुन सकेको छैन ।
हुम्लाको तिब्बती सीमा मुचुमा मंगलबार गएको पहिरोमा परेकाहरुको उद्दारका लागि राहत सामग्री र टोली पुर्याएर सो हेलिकप्टर फर्कंदै गर्दा दुर्घटनामा परेको बताइएको छ । हुम्लाको सदरमुकाम सिमीकोटदेखि ४० किलोमिटर पर दुर्घटना भएकोले उद्दारका लागि समय लाग्ने समाचारमा जनाइएको छ । बुधबार साँझसम्म प्रहरी घटनास्थलमा पुग्न सकेको छैन । तर, कर्णाली नदीको किनारमा भएको दुर्घटनास्थल पारीतिरबाट स्पष्ट देख्न सकिन्छ । बताइएअनुसार तीन जना यात्रु सकुशल हेलिकप्टरबाट बाहिर निस्केको देखिएको र अरु भित्रै च्यापिएको आशंका गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ, राष्ट्रपति विद्यादेवी भण्डारीले कानून दिवस २०७८ का अवसरमा कानून तथा न्याय क्षेत्रसँग सम्बद्ध सबैमा शुभकामना व्यक्त गर्नुभएको छ ।

काठमाडौँ। पछिल्लो २४ घण्टामा ९,१९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार ९८७

काठमाडौँ । कोरोना संक्रमण परीक्षणका लागि आज प्रधानमन्त्री केपी शर्मा ओलीको स्वाब संकलन गरिएको छ । आज बालुवाटारमा प्रधानमन्त्री, उनका

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आइतबार बस्नेगरी बैठक बोलाएका हुन् ।