प्रजातन्त्र सर्बोपरी भएको संविधान आउनै लाग्यो: कांग्रेस सभापति सुशील कोइराला

२६ चैत्र २०६८, आईतवार ०४:१९ मा प्रकाशित

काठमाडौ, २६ चैत्र । कांग्रेस सभापति सुशील कोइरालाले नेपाली जनताको चाहना अनुसार प्रजातन्त्र सर्बोपरी भएको संविधान जेठ १४ मै जारी हुने विश्वास ब्यक्त गर्नु भएको छ । जनआन्दोलन दिवसका अवसरमा प्रजातन्त्र प्रेमी आम नेपालीहरुलाई शुभकामना सन्देश दिँदै सभापति कोइरालाले लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण अन्तिम चरणमा प्रवेश गरेको समेत जानकारी दिएका छन् ।

कांग्रेसले समुन्नत प्रजातान्त्रिक मुलुकका रूपमा नेपाललाई विकास गर्न प्रजातन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिकाको रक्षा हुने गरी संविधान निर्माणमा जोड दिइएको समेत कोइरालाले  उल्लेख गरेका छन् ।

कांग्रेस सभापति कोइरालाले आफ्नो बक्तव्यमा भनेका छन् ‘जनआन्दोलनको भावना र मर्मअनुरूप संविधान निर्माण गर्ने र शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन सबै क्षेत्र, वर्ग, पेसा, व्यवसाय र समुदायको सहयोग र योगदान आवश्यक छ । कोइरालाले सहमति र सहकार्य तोडेर शान्ति प्रक्रिया निष्कर्षमा पुग्न नसकिने भन्दै सबलाई संवेदनशील हुन अनुरोध गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । संयुक्त राज्य अमेरिकामा बसेर साहित्य लेखनमा सक्रिय नेपाली स्रष्टा सुकृति शर्माले नयाँ कथासंग्रह ‘सत्र पुष्प पत्रहरु’बाट ५ हजार

काठमाडौं । हाल पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात ताउकतेका कारण मंगलबारदेखि देशका धेरै स्थानमा सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सपथविरुद्ध सर्वोच्चमा चार रिट दर्ता भएको छ । वैशाख ३१ गते प्रधानमन्त्री ओलीले

काठमाडौँ । पछिल्लो २४ घण्टामा ९,२४७ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण एकै