‘आई लभ सेक्स’ : सुमीना

५ असार २०७०, बुधबार ०९:५५ मा प्रकाशित

सुमिना घिमिरे, हेर्नमा जति सुन्दर छिन् विवादले पनि उनलाई त्यत्तिकै पछ्याउन थालेको छ । कहिले मिडियाकर्मीसँगको विवाद त कहिले आफैंले अभिनय गरेको फिल्मका निर्मातासँग भनाभन । यस्तै–यस्तै सकारात्मकभन्दा नकारात्मक व्यवहारका कारण ‘मनोरञ्जन बजार’मा छाइरहने सुमिनासँग भएको रोचक कुराकानी प्रस्तुत  गरिएको छ ।
० सुमिना नामभन्दा बदनाम बढी छिन् भन्छन् नि ?
– मलाई त्यस्तो लाग्दैन ।
० बजारमा किन यस्तो कुरा त ?
– म घरमा सुतेर बसेकी भए न त मेरो नाम हुन्थ्यो न त बदनाम नै, काम गर्दै जाँदा कहिले नामैनाम अनि कतै सानो मिस्टेक भयो भने बदनाम ।
० नकारात्मक कुराचाहिँ बढी किन ?
– हाम्रो समाज र सोच यस्तै छ । राम्रो कुरा होइन, नराम्रो कुरा कोट्याउने अनि चासो पनि त्यस्तै कुरामा बढी । मेरो राम्रो कामको तारिफ मैले कम नै सुन्ने गरेकी छु ।
० चलचित्र लभ फरेभरमा त गजव संवाद
बोलिएछ नि ?
– कस्तो संवाद … ?
० आई लभ सेक्स ?
– यो संवादले पनि बजारमा निकै खैलाबैला मच्चायो ।
० यस्तो खैलाबैला मच्चाउने संवाद बोल्ने त ?
– यो संवाद मात्र सुन्दा त्यस्तो लागेको हो । तर, पछि सिनेमा हेरेपछि थाहा हुन्छ कि संवाद कस्तो ठाउँमा बोलिएछ भनेर । फिल्म नै नहेरीकन संवादको भरमा कमेन्ट गर्ने गजवको शैली छ यहाँ ।
० उसो भए यू लभ सेक्स ?
– अवश्य । यसलाई सबैले माया गर्छन् जस्तो लाग्छ । सिनेमाभित्र पनि म एउटा पात्र हुँ । अनि कथाको मर्म नमर्ने गरी मैले यो संवाद बोलेकी छु ‘आई लभ सेक्स’ ।
० वास्तविक जीवनमा नि ?
– सिनेमालाई वास्तविक जीवनसँग नजोडौँ । जे–जहाँ छ त्यही छोडौँ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित टिभी निर्माता एकता कपुर ‘नागिन ६’ बाट चर्चामा आएकी छिन् । उनले यही शोका लागि अभिनेत्रीसँग सम्बन्धविच्छेद

काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो ।

एजेन्सी । दक्षिण भारतका चर्चित अभिनेता चिरञ्जीवीकी छोरी श्रीजा पति कल्याणसँग अलग भएको खबर अहिले चर्चामा छ । श्रीजाले आफ्नो सामाजिक

काठमाडौं । कोरोनाभाइरसको बढ्दो महामारीलाई मध्यनजर गर्दै संगीतको विश्वप्रतिष्ठित अवार्ड शो ‘ग्रामी अवार्ड’ स्थगित गरिएको छ । अब यो शो