मलाई नशा–नशा थाहा छ, माओवादीले चुनाव जिते देश बरवाद हुन्छ : माधव नेपाल

५ असार २०७०, बुधबार ०९:४६ मा प्रकाशित

काठमाडौं, ५ असार । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले माओवादीहरूले चुनाव जितेमा मुलुक बर्बाद हुने विचार व्यक्त गर्नुभएको छ । एमाओवादीले बहुमत स्थान हासिल गर्‍यो भने देशमा कस्तो अवस्था आउला भन्ने प्रश्नको जवाफमा नेता नेपालको भनाइ छ, ‘आमजनताले धेरै दु:ख पाउनेछन्, लोकतन्त्रले धेरै ठूलो क्षति व्यहोर्नुपर्ने छ । परिवर्तनका सबै प्रक्रिया अवरुद्ध हुनेछन् । भ्रष्टाचारले सबै सीमाहरू तोड्नेछ । राज्यका स्रोत र साधनहरूको एकलौटि दुरुपयोग हुनेछ । आपराधिक घटनामा वृद्धि हुनेछ । सर्वत्र त्रासको वातावरण सिर्जना हुनेछ । जनता फेरि एकपटक देशका लागि विद्रोह गर्न बाध्य हुनेछन् ।’
नेता नेपालले एक प्रश्नको जवाफमा भन्नुभयो, ‘माओवादीको मूल एजेण्डा परिवर्तन भएको छैन, तरिका मात्र फेरिएको हो । हिजो बन्दुकको त्रास देखाएर आफ्नो काम पट्याउँथे, अहिले मनोवैज्ञानिक त्रास पैदा गराएका छन् । शक्ति र पैसा नै सबैथोक हो भन्ने मान्यताका आधारमा सत्ता कब्जाको सपना उनीहरूले देखिरहेका छन् । माओवादीको नीति हिजो पनि कब्जा हो, आज पनि कब्जा नै हो, कब्जाको तरिका मात्र फेरिएको हो । हिजो बन्दुक पड्काएर मान्छेको घाँटी रेटेर सबैलाई आफ्नो जालमा अल्झाउने नीति थियो भने अहिले सबै ठाउँबाट लोकतान्त्रिक शक्तिलाई पन्छाएर अधिनायकवादी मान्यता र उग्रवादी विचार बोकेकाहरूलाई महत्त्वपूर्ण जिम्मेवारीमा राखेर उनीहरूले आफ्नो वर्चश्व स्थापना गर्न खोजिरहेका छन् ।’ एक सन्दर्भमा नेपालले भन्नुभयो, ‘हामी पूरै छाती फुकाएर भन्न चाहन्छौँ कि हामीले ०५१ को नौमहिने सरकार र पछि म आफैँ प्रधानमन्त्री भएको बेलामा पनि जे काम गरेका छौँ, शिर निहुराउने काम गरेका छैनौँ ।’
नेपालले अगाडि भन्नुभयो, ‘म अरूजस्तो ढुलमुले तरिकाले बोलिरहेको छैन, चुनौतीको भाषामा बोलिरहेको छु । के मलाई नेपाली राजनीतिको नशा–नशा थाहा छैन ? यहाँको प्रत्येक घटनामा म संलग्न भएको छु भनेपछि मलाई थाहा नभएको केही होला जस्तो लाग्दैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९

एजेन्सी । चीनको राज्य संचालित ग्लोबल टाइम्समा जनवरी २४ मा प्रकाशित एक लेखमा केहि अज्ञात विशेषज्ञहरुलाई उद्धृत गर्दै अमेरिका र