आउने भयो उड्ने बाइक

५ असार २०७०, बुधबार ०८:२२ मा प्रकाशित

एजेन्सी । के तपाईंले कहिल्यै उड्ने मोटरसाइकलको कल्पना गर्नुभएको छ ? तर, सामान्यतया कल्पना नगरिएको यस्तो मोटरबाइक अब वास्तविक रूपमै देख्न पाइने भएको छ । चेक गणराज्यमा अनुसन्धानकर्ताले उड्ने बाइकको परीक्षणसमेत गरिसकेका छन् । चेकको राजधानी प्रागमा भएको उक्त परीक्षण उडानका क्रममा जमिनबाट चार–पाँच मिटर माथि पाँच मिनेटसम्म उडेर यताउता चक्कर लगाएर उक्त मोटरसाइकलले सफलतापूर्वक जमिनमा अवतरण गरेको थियो । ९५ किलोग्राम तौलको उक्त मोटरसाइकललाई रिमोटबाट नियन्त्रण गर्न सकिन्छ । उक्त बाइकको अगाडि–पछाडि र अगलबगल गरी चारैतिर ब्याट्रीबाट चल्ने प्रोपेटर फिट गरिएको छ, जसले एकप्रकारको पङ्खाको काम गर्दछ र उड्नका लागि ऊर्जा उत्पादन गर्ने काम पनि त्यसले गर्दछ ।
यस मोटरसाइकलको आविष्कारबाट दुईपाङ्ग्रे सवारीका कारण हुने सडकको भीडबाट मुक्ति मिल्ने अपेक्षा गरिए पनि क्षणक्षणमै ब्याट्री चार्ज गर्नुपर्ने समस्या रहेकाले उड्ने मोटरसाइकलको व्यावसायिक उत्पादन तत्काल हुनेमा भने आशङ्का गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन/नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने

काठमाडाैँ । एफटीटीएच उपलब्ध नभएका सुगम स्थान र अधिकांश दुर्गम स्थानमा दु्रत गतिको डाटा तथा भ्वाइस सेवा उपलब्ध गराउन नेपाल

काठमाडौँ।तीव्र गतिको इन्टरनेट ब्रोडब्यान्ड प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हाल दुई करोड ७७ लाख ६

काठमाडौं । नेपाली स्याटेलाइट ‘स्यानोस्याट–१’लाई बिहीबार राती ९ बजेर १५ मिनेटमा स्पेस–एक्सको फाल्कोन–९ रकेटबाट पृथ्वीको कक्षमा प्रक्षेपण गरिने भएको छ