बाढीले तटबन्ध भत्काउदा १६ सय घर उच्च जोखिममा

५ असार २०७०, बुधबार ०८:१२ मा प्रकाशित

बुटवल, ५ असार । तिनाउ खोलामा आएको बाढीले बुटवल १३ स्थित बुद्धनगरमा लगाइएको पक्की तटबन्धको केहि हिस्सा भत्काएको छ । हालै निर्माण गरिएको सो तटबन्ध बाढीले भत्काउँदा यहाँका १६ सय घरपरिवार उच्च जोखिममा परेका छन् । बाढीले तटबन्धलाइ क्रमशः भत्काउन शुरु गरेपछि स्थानीयवासी चिन्तामा परेका हुन् । उनिहरुले तत्काल कुनै उपाय अपनाउन स्थानिय निकाय र प्रशासनलाई गुहारेका छन् । ठेकेदारले गुणस्तरहिन कार्य गरेको र काम पुरा नगरी बिचमा छोडेर भागेकोले यो अवस्था सिर्जना भएको स्थानियको दावि छ ।
गत बर्ष २ करोडको लागतमा निर्माण गरिएको २ सय ५० मिटर लामो स्पर कटान गरि बगाएपछि त्यहाँ पक्कि तट्बन्ध अर्थात रिटेनिङ्ग वालसहितको संरचना निर्माण गरिएको थियो । पक्कि संरचना पनि भत्काउन थालेपछि यहाँका बासिन्दाको निद हराम भएको छ । उनिहरु दिनभर नदिकिनारमा बाढी हेर्दै र रातभर भजन किर्तन गाउँदै जाग्राम बस्न बाध्य छन ।  यसै गरि अबिरल बर्षाको कारण रुपन्देहीका निजि बिद्यालय ४ दिनको लागी बन्द गरिएको  छ ।
– चन्द्रकान्त खनाल

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडाैँ । नेपालमा कोरोना संक्रमण तीव्र गतिमा फैलिएर विस्तारै घट्दै गएको देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा संक्रमणदर

काठमाडौँ ।संसदीय निर्वाचन २०७४ साल मङ्सिरमा भएकाले संसद्को पाँच वर्षे कार्यकाल सकिन अझै एक वर्ष बाँकी छ । संसद्का दुवै

काठमाडौँ ।निर्वाचन आयोगले एकपछि अर्काे ताकेता गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनबारे अन्योलता थपिरहेको छ । बरु सरकारमा आवद्ध पाँच

लण्डन । विगत तीन वर्षदेखि पोर्चुगलमा बसोबास गर्दै आएका एक नेपाली युवकले आत्महत्या गरेका छन् । गैरआवासीय नेपाली संघ पोर्चुगलका