प्रेम र जीवन..-रत्ना डीबू मगर

२५ चैत्र २०६८, शनिबार २१:३५ मा प्रकाशित

रत्नाले आकस्मात कम्प्युटरको ‘स्वीच अफ’ गरिदि ई । फरक्क फर्कि ई अनि आफ्नो ओछ्यानमा गएर गम्लंग घोप्टि ई । घुँक्क घुँक्क गर्न थाली । साँच्चै रुन थाली । आँशुको खोलो बगिरहेको थियो । घोप्टो परेर रोएकी ले आँशु नाकको डांडी हुँदै ओछ्यानमा खस्दै थियो । केही मुखतिर पस्दै थियो भने केही चिउँडो हुँदै तन्नामाथि तर्किरहेको थियो । उता उसको श्रीमान् एकछिन् हल न चल ,अक्क न वक्क भएर बसिरह्यो । एक घण्टा लाएर गरेको काम ‘सेभ’ गरेकै थिएन सत्यानाश पारिदि ई । ‘ब्ल्याक् आ उट’ भए जस्तै भयो । मन मनै सोंच्यो, घोरियो तैपनि चुपै लागेर बस्यो केहिबेर । त्यसपछि लुखुर लुखुर ओछ्यान कोठातिर लाग्यो । रत्ना रोइरहेकी नै थि ई। के भो रत्ना ? किन रोइरहेकी ? उसले सोध्यो । तैपनि रत्ना बोलिन । कम्प्युटरको ‘स्वीच अफ’ गरिदिएको मा उसलाइ रिस नउठेको त कहाँ हो र तैपनि केहि भएकै हो कि भनेर रत्नालाई सोध्न थाल्यो ।’किन रो ई रहेकी प्रिया ?’ उसले केहि फकाए जस्तो र केही जिस्काए जस्तो गरेर सोध्यो । ‘त्यही कम्प्युटर समाएर बस्नू नि’एकै सासमा झम्टि ई रत्ना । ऊ साँच्चै रिसाए जस्तै देखिन्थी । गाला राता राता देखिन्थे । रुवाई अझै सकिएको थिएन । आँशु बगिरहेकै थियो ,परेली भिजेकै थियो । सुँक्क सुँक्क गर्दा गर्दै सिंगानका फोकाहरु नाकका पोरावाट फरर निंस्कदै फुट्दै गर्थे । रत्ना यस्ती कहिलैपनि थि इन । राम्रो घर परिवारमा हुर्केकी पढे लेखेकी अैमा ई हो । श्रीमान् लाई अरु त के तिमी भनेरपनि सम्बोधन गरेकी थि ईन । तर किन यति हद्सम्म तल झरी आज ? शिष्टाचारको न्युनतम विन्दुवाट पनि तल झरी । खासमा कता कता तनावमा देखिन्थी र साँच्चै ‘सिरियस’ देखिन्थी ऊ ।

रत्नाले कम्प्युटर बन्द गरेको र त्यस्को बारेमा प्रयोग गरेको वाक्यको आशय बुझे झैं उसको श्रीमान् ले ओछ्यान पस्ने सुर कस्यो । भुइँमा लत्रेका खुट्टालाई एकैसाथ उठाई परतिर धकेल्ने प्रयास गर् यो तर पूरै ज्यान छोडिदिएकी ले सार्नै सकेन । फेरि दुवै हात र आफ्नो खुट्टाको पनि भर गरेर बल्लतल्लमाथि राख्यो । रत्ना एकै गुजुल्टो परी । टाउकालाइ यसो सिधा पारेर ज्यानलाई उता धकेल्यो अनि खालि रहेको सानो च्यापमा पल्टियो ।

केहीबेरपछि रत्ना पर्लक्क उता पल्टि ई । लोग्ने ख्वार ख्वार्ति घुर्न थालिहाल्यो । रत्नाका आँखा भने आँशुमा डुब्न थाले । उसका आँखा वरिपरि घरि लोग्ने घरि कम्पुटर गर्दै घुम्न थाले,फायलका चाँगहरु घुम्न थाले । उठेर लोग्नेलाई कोपरुँ कि जस्तो लाग्न थाल्यो । फायल सायल च्यातूँ अनि कम्प्युटर नै फुटाइ दिउँ कि जस्तो लाग्न थाल्यो । एकपटक लामो सास तनेर तनक्क तन्कि ई सिरक भित्रै । उसलाई कता कता तिर्खा लागेको हो कि नलागेको हो, निंद्रा लागेको हो कि नलागेको हो पत्तै भैरहेको थिएन । वाक वाक लाग्ला जस्तोपनि हुने,मुख सुकेको जस्तोपनि हुने भैरहेको थियो । कस्तो हो कस्तो एक किसिम थाहै नहुने छटपट महसुस भैरहेको थियो । त्यहि बेला मनमा तर्कनाका रासहरु बुर्कुसि मार्दै आ उन थाले । पहिले पहिले उसको श्रीमान् यस्तो थिएन । पटक्कै यस्तो थिएन । भर्खरै विहे भएको बेलामा ऊ त्यही हाकिम थियो । अहिलेपनि त्यही हाकिम हो, त्यही काम हो । पहिले पहिले त्यस्तो फुर्सदिलो मान्छे अहिले किन ‘विजी’ ? अघिका दिनहरुमा ऊ हरेक साँझ रत्नाकै लागि खर्च गर्थ्यो । विदाका दिनहरुपनि सबै रत्नाकै लागि हुन्थे । एकापसमा खुबै मीठा मीठा कुरा गर्थे । खालि समय रह्यो कि रमाइला ठाउँहरु घुम्न जाने या ‘शोपिङग’ जाने अथवा नाम चलेको ‘रेस्टुरेण्ट’मा खान जाने गर्थे । तर आजभोलि ऊ अरु दिनपनि ढिलो अौँछ र आएपनि थाकेको छु भन्छ सुत्छ । विदाका दिनमा पनि कम्प्युटरमा झुण्डिरहन्छ । उनीहरुका व्याक्तिगत या पारिवारिक कुराहरु केही हुनै पाउँदैन । रत्नालाई के कसो छ सोध्दापनि सोध्दैन । रत्नाको मनमा शंकाका बादलहरु मडारिन थाले । लोग्नेका ‘अफिस’ र ‘कारिन्दाहरु’ घुम्न थाले । किनकि बेला बेला अन्य ‘हाकिम’ र ‘सेक्रेटरिहरु’को कथा सुनेकी थि ई उसले । कतिपयको घर बिग्रेको र बिगारिएको देखेकिथी,सुनेकिथी ।

रत्नाले आफ्नो विगत सम्झन थाली । कसरी त्यो पट्ठोसंग भेट भएको थियो अनि कसरी तिनीहरुको विहे भएको थियो भन्ने कुरा । रत्ना आफू एक कुलघरानकी केटी थि ई । खानदानी हैसियत भएर नै ऊ अ मेरिका पढ्न गएकी थि ई । त्यहिं भेट भएको थियो त्यो पट्ठो युवकसंग । शुरुमा दुवै नेपाली भएको अनि एुटै कलेज पढ्ने भएको ले चिनजान भएको थियो । उता गच्छे त्यहाँसम्मको नभएपनि ‘स्कलर्शिप’मा पढ्न गएको रहेछ ऊ । पढाईमा रिप्पु थियो, मान्छेपनि त्यतिको ठीकै हो । चिनजान हुंदै गयो, हिमचिम बढ्दै गयो । रहंदा बस्दा ‘लभ’ पो पर्न थालेछ । केही दिनमै उनीहरु एकापसमा छुट्नै नसक्ने भए । पारिवारिक प्रिष्ठभूमि कहाँसम्मको हो त्यो थाहा थिएन । खानदान मिल्दैनथ्यो भन्ने सुइँकोसम्म पाएकी थि ई । तरपनि ऊ शिवाय कोही भएन, केही चाहिएन रत्नालाई त्यो बेला वावा । त्यसैगरी रत्नाले सुनाए अनुसार राजनीतिक, सामाजिक, आर्थिक कुनैपनि हैसियतमा आफू उसको दाँजोमा नभएको भन्ने बुझेकोले भित्र भित्रै सशंकित थियो केटोपनि । सतहमा जे भनेपनि, जे सोंचेपनि खासमा छोड्न त ऊ पनि कहाँ सक्थ्यो र । उनीहरुले विहे गर्ने नै भए । नेपाल फर्केपछि विहेको कुरा मिलाउने जिम्मापनि रत्नाले नै लि ई । खानदान र संस्कारले गर्दा त्यति सजिलो त थिएन नै तैपनि उनको परिवार आधुनिकतामा ढल्केको ले केही आस भने लागेको थियो । एकदिन रत्ना आमाको पछि पछि लाग्न थाली । आमा जता जान्थिन् ऊ उतै लाग्थी । बाहिर गए बाहिरै भित्र गए भित्रै जान्थी । रत्नाको यस्तो चाल देखेपछि के भो रत्ना ? भनेर आमाले सोधिन् । रत्नाले ङ्यासि पारी । केही होइन भन्दै उछल्लिएर आफ्नो कोठातिर खुँिकि ई । उसले कहिलै यसो गर्दिनथी । रत्नालाई आज के भएछ भन्ने ठानी आमाले फेरि सोधिन् । ‘के खोज्छस् कानो, आँखो’ भने झैं भयो उसलाई पनि । शुरुमा त रोएजस्तै गरेर नखरा पारी आमाले केही कर गरेपछि आफ्नो कहानी सुनाई । सबै कुरा सुनिसकेपछि जवाफमा आमाले वुवाज्यु ले के भनिसिन्छ ??? भन्नु भयो । त्यति नै काफि थियो रत्नाको लागि किनकि उसका कुरा आमाले ठाडै अस्वीकार गरिनन् । उसलाई थाहा छ आमाले स्वीकार् गर्नु भनेको उसको कुरा पक्का हुनु हो । हो यसरी फेला पारेकी थि ई आफ्नो राजकुमारलाई ।

उनको मनमा खुल्दुली अझै बढ्न थाल्यो । विवाहपूर्व र विवाहेत्तरका कुराहरु फेरि एकपटक तरंगित भएर आए । ऊ साना साना कुरामा पनि कति जिद्दि गर्थी अनि श्रीमान् ले उसका ती चाहानाहरु कसरी पूरा गरिदिन्थे । तर आजभोलि ? एकपटक सोधेर हेरुँ न त भन्ने लाग्यो । त्यसैले श्रीमान् लाई यसो खुसुक्क चियाई तर ऊ भने ख्वार ख्वार्ति निंदाइ रहेको थियो मानौं उसलाई निंदाउन बाहेक अरु केहीसंग सरोकार छैन । रत्नालाई अझ घ्रिणा जागेर आयो ऊ प्रति । उसले सोंचेकिथी कि ऊ उता पर्लक्कै पल्टिंदा श्रीमान् ले आफूतिर तान्नेछ, अंगालोमा बेस्मारी कस्दै म्वाइ खानेछ अनि उसलाई के भएको हो सोध्नेछ, तर ऊ त। रत्ना एक्कासि जुरुक्क उठी, दराज खोली । दराजभरि गरगहनाहरु थिए । ती मध्य कुनै माइती तर्फका थिए अनि कुनै आफ्नै बिहेमा श्रीमान् ले किनिदिएका । ती गहनाहरु दाहिने हात देब्रे हात गर्दै हेर्न थाली । त्यो बेला त्यो गहनाको कुनै मूल्य थिएन उसको लागि केवल फोस्रो कुनै धातु वाहेक । त्यही बेला ‘बैंक पासबुक’ मा आँखा गयो । खातामा थुप्रै नगद मौज्दाद देखिन्थ्यो । श्रीमान् हाकिम भएपछि कमाएको पैसा थियो त्यो । पैसा जति नै भएपनि त्यसको कुनै अर्थ थिएन । त्यो केवल लेखाइमा सीमित थियो उसको लागि । एकछिनपछि किन हो रत्ना खुरु खुरु बैठक कोठातिर लागी । सजाएर राखिएका प्रशंसा-पत्र, प्रमाण-पत्रहरु तिर आँखा दौडाई जुन श्रीमान् का नाममा सजिएका थिए । रत्ना किन किन फिस हाँसी अनि आफूलाई हेर्दै ती प्रमाण-पत्रहरु नियाँल्दै गर्न थाली । त्यसपछि उनका आँखा त्यही कम्प्युटरमा गएर टक्क अडिए ।

छेउमा फायलको चाँग छदै थियो । त्यो कम्प्युटर र फायलहरु देख्ने बित्तिकै रिसको पारो चढेर आयो । ऊ त्यसै जर्कि ई । दुवै हात बढाएर कम्प्युटरलाई समाउन के आँटेकिथी,आफै रोकि ई । नजर भने एकटक त्यसैमा अडिरह्यो । उनको मथिङ्गलमा फेरि एकपटक विगतहरु मडारिन थाले । त्यही कम्प्युटर विगतमा कति उपयोगी थियो उनको लागि । आफूभन्दापनि प्यारो थियो त्यही कम्प्युटर । त्यही कम्प्युटरको ‘च्याट’ले गर्दा उनीहरुको ‘लभ’ अझ झांगिएको थियो । साँच्चै भन्नु हो भने उनीहरुको विहे त्यही कम्प्युटरले गराइदिएको थियो । विहे ??? सम्झने वित्तिकै रत्ना बिजुलीको करेण्ट लागेजस्तै गरी झस्कि ई अनि कम्प्युटर समाउन बढाइेका हात आफैतिर तानी । त्यसपछि किन हो बेजोड दौडेर सुत्ने कोठा पुगी । कुर्कुच्चा उचाल्दै बिस्तारै श्रीमान् लाई च्याई, ऊ भने एकतमास निंदाइ रहेको थियो केवल एकतमास निंदाइ रहेको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

मानिसको फोक्सो जस्तो देखिने नेकलेसको विश्वभर चर्चा भइरहेको छ । अमेरिकन सुपरमोडल बेला हदिदले यो नेकलेस फ्रान्समा भइरहेको कान्स फिल्म

बाङ्लादेशको एउटा गाईफर्ममा निकै सानो गाईको बाछी हेर्न आगन्तुकहरुको भीड लागेको छ । २३ महिनाको सो गाईको बाछीको उचाई केवल

धादिङ । धादिङमा दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ

कोरोना भाइरसका बारेमा विभिन्न परीक्षणहरु भएका छन् । यसको औषधी उपचारदेखि यसको परिक्षण र रोकथामका बारेमा पनि वैज्ञानिकहरुले विभिन्न परीक्षण