११ महिनादेखि रोकिएको गिट्टी-ढुंगा विदेश निकासीको स्वीकृति

५ असार २०७०, बुधबार ०७:५२ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, ५ असार । रुपन्देही जिल्लामा विगत ११ महिनादेखी रोकिएको गिटी ढुंगाको विदेश निकासीलाई जिल्ला अनुगमन समितीले स्वीकृत दिने निर्णय गरेको छ । समितीको मंगलबार भैरहवामा बसेको बैठकले लामो समयसम्म विदेश निकासी रोकिँदा व्यवसायी मारमा परेको तथा व्यवसायीले आन्दोलन गरिरहेको सन्दर्भलाई मध्यनजर गर्दै निकासी गर्न दिने निर्णय गरेको अनुगमन समितीका संयोजक रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताएका छन् ।
प्रजिअ पन्थीले रितपुर्वक नविकरण भएका र स्वीकृत कोटामा नबढ्ने गरी, असार मसान्त सम्म विदेश निकासी गर्न जिविसलाई अनुगमन समितीको बैठकले सिफारिस गर्ने निर्णय गरेको बताए ।
अनुगमन समितीको बैठकको निर्णयसंगै विदेश निकासीको प्रक्रिया सुरु भएको रुपन्देहीका  स्थानिय बिकास अधिकारी पेसल कुमार पोखरेलले जानकारी दिए । आज बुधवार राजनैतिक दलका नेताहरु र जिविसको बोर्ड बैठक बसेपछि मात्रै टुंगो लाग्ने पनि स्थानिय बिकास अधिकारीले जानकारी दिए ।
यता, ढिलै भएपनि अनुगमन समितीले विदेश निकासी खोलेर राहत प्रदान गरेको व्यवसायीले बताएका छन् । रोडा ढुंगा व्यवसायी संघ रुपन्देहीका अध्यक्ष शिव कुमार पाठकले ढिलै भए पनि अनुगमन समितीले खोल्ने निर्णय गरेकोले केही राहत मिलेको बताए । ११ महिना सम्म उद्योग बन्द हुँदा झण्डै १ दर्जन  विस्थापीत भए  तथापि ढिलै भएपनि समितीले सहि निर्णय गरेकोमा आफूहरु खुसी भएको उनले जनाए ।
यता रोडा ढुंगा निकासीलाई स्वीकृत दिएसंगै व्यवसायीहरुले घोषणा गरेका आन्दोलन पनि फिर्ता लिएका छन् ।रुपन्देहीमा ४० वटा क्रसर उद्योगरहेका छन भने ब्यबसायमा ५ देखि ७ अर्बको लगानी रहेको  र करीब १५ हजार मजदुर यसमा प्रत्यक्ष आश्रीत रहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । नेपाली महको पहिचान गुम्ने गरी नाजायज मुनाफा लिने उद्देश्यले अखाद्य वस्तु मिसाएर व्यवसाय गरेको भन्दै हालै केद्रीय अनुसन्धान

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठक अपरान्ह चार बजे पुनः बस्ने गरी सकिएको छ । शनिबार बिहान प्रधानमन्त्री निवास

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड