यस्तो छ निर्वाचन आयोगको चुनावी रुटिन

५ असार २०७०, बुधबार ०७:१९ मा प्रकाशित

काठमाडौं, ५ असार । गत साता सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले पनि दोस्रो संविधानसभाको निर्वाचन सम्पन्न गर्नका लागि कार्यतालिका बनाएको छ । मंगलबार निर्धारण गरिएको कार्यतालिकाअनुसार आयोगले असार मसान्तसम्म मतदाता नाम दर्ता गर्ने अन्तिम समयसीमा राखेको छ ।
निर्वाचन तालिकाअनुसार दर्ता भएका नामावली साउन तेस्रो हप्तासम्म दावी विरोध, छानविन गर्ने तथा अन्तिम नामावली प्रकाशन गरिने छ भने साउन तेस्रो सातासम्ममा निर्वाचन प्रयोजनका लागि राजनैतिक दल दर्ताको अन्तिम निर्णय र मतदान केन्द्र निर्धारण गर्ने जनाइएको छ ।
आयोगका प्रवक्ता बीरबहादुर राईको नाममा प्रकाशित प्रेस विज्ञप्तिमा जनाइएअनुसार मतदाता शिक्षा तालिम, सामग्री वितरण तथा सम्प्रेषण कात्तिक तेस्रो सातासम्म गरिने छ र आचारसंहिता तर्जुमा, अनुमोदन, कार्यान्वय र अनुगमन मंसिर मसान्तसम्म हुने छ । भदौ मसान्तभित्र निर्वाचन अधिकृतहरुको नियुक्ति, तालिम र कार्यालय स्थापना गर्ने विज्ञप्तिमा उल्लेख छ । सञ्चार माध्यम अनुगमन, संयुक्त निर्वाचन सञ्चालन केन्द्रको स्थापना, मिडिया सेन्टरको विकास, व्यवस्थापन र सञ्चालन गर्ने कुरा पनि विज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै, असोज पहिलो हप्ताभित्र समानुपातिक तर्फको उम्मेदवारी सम्बन्धी निर्वाचन कार्यक्रम तयारी तथा सञ्चालन गर्ने, तेस्रो हप्तासम्ममा पहिलो हुने निर्वाचित हुने निर्वाचन कार्यक्रम सञ्चालन, कात्तिक तेस्रो सातासम्म राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारवालासँग अन्तरक्रिया गर्ने छ । यही असारदेखि मंसिरसम्म निर्वाचन पर्यवेक्षणसम्बन्धी नीति र निर्देशिका तर्जुमा, अनुमोदन, व्यवस्थापन गर्ने बताइउको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा