जनताले चाहे राजसंस्था पुनस्र्थापन हुने पूर्वराजाको धारणा

४ असार २०७०, मंगलवार २०:१८ मा प्रकाशित

काठमाडौं, ४ असार । तराई भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र मंगलबार रौतहट पुग्नुभएको छ । रौतहटको सदरमुकाम गौरस्थित शिवालय मन्दिरमा पूजा गर्न पुगेका पूर्वराजा शाहले जनताले चाहेमा राजसंस्था फर्कन सक्ने बताउनुभएको छ । सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले जनताले चाहेमा राजसंस्था पुन सक्रिय हुन सक्ने संकेतसमेत गर्नुभयो । 
रौतहटको सिया प्यालेस होटलमा कुराकानीका क्रममा पूर्वराजाले जनताले जे भन्छन् आफू त्यो गर्न तयार रहेको उल्लेख गर्दै राजनीतिक दलहरुले वुद्धि पुर्‍याएर संविधानसभाको निर्वाचन निष्पक्ष रुपमा सम्पन्न गराई नेपाली जनतालाई अधिकारसम्पन्न बनाउनु पर्ने सुझाव दिनुभयो । यति कुरा गरिसकेपछि पूर्वराजाले आफू धार्मिक भ्रमणमा निस्किएकोले राजनीतिक कुरा धेरै नगर्ने प्रसटयाउनुभयो । पूर्वराजा ज्ञानेन्द्र शाहले करिव २० मिनेट पुजा गरेपछि मन्दिरलाई १ लाख रुपैयाँ सहयोग गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा