पत्रकार महासंघमा ‘चौतारी’को दादागिरी !

४ असार २०७०, मंगलवार १९:१२ मा प्रकाशित

काठमाडौं, ४ असार । नेपाल पत्रकार महासंघ सवैको साझा थलो भनिएर चिनिएपनि पछिल्लो समयमा नेपाल पत्रकार महासंघ केन्द्रिय समितिको नेतृत्व शिव गाउँलेले गर्न थालेपछि महासंघ प्रेस चौतारी हो कि भन्ने शंका उब्जन थालेको छ । नेपाल पत्रकार महासंघले राजनीतिक आस्थाका आधारमा प्रजातान्त्रिक सोच भएका महासंघका सदस्यहरुलाई निलम्वन गर्दै गईरहेकोले उक्त शंकालाई पुष्टि गर्न सकिन्छ । 
नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष गोविन्दप्रसाद चौलागाईले महासंघको नाममा विभिन्न संस्थाहरुबाट रकम असुल्ने, सरकारी निकायका प्रमुखहरुलाई महासंघको नाममा बार्गेनिङ्ग गर्दै आइरहेको र त्यसका विरुद्ध गतबर्ष नै कार्यसमितिका आधाभन्दा बढी कार्यसमिति सदस्यहरुले चौलागाईको हर्कत विरुद्ध नेपाल पत्रकार महासंघका निवेदन सहित कार्वाहीको माग गरेपनि प्रेस चौतारीको सदस्य भएकै कारण शिव गाउँलेले उन्मूत्ति दिएको थियो । तर वीरगञ्ज, काभ्रे, पर्सा, दार्चुला लगायत जिल्लाका पदाधिकारीहरुलाई झिनामसिना कुरा झिकेर निलम्वन गर्दै आए पनि पत्रकार महासंघको बदनाम गर्दै हिड्नो गौविन्दलाई किन उम्मूत्ति दियो भन्ने कुरा महासंघ भित्र चर्को बहस बनेको छ ।
पछिल्लो समयमा प्रेस चौतारीको दबावमा पत्रकार महासंघको शिकार नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका कोषाध्यक्ष बनेका छन् । लामो समयदेखि नेपाल पत्रकार महासंघलाई विधान सम्मत र प्रक्रिया सम्मत अगाडि बढाउनु पर्ने आवाज उठाउँदै आइरहेका भण्डारीको विरुद्ध उपत्यका संयोजक दीपक पाण्डेको नेतृत्वमा प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्याल स्वयंले शिव गाउँलेलाई भण्डारीलाई निलम्बन गर्न दबाब दिएका थिए । अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवस मनाउने अधिल्लो दिन बसेको महासंघको बैठकमा पनि भण्डारीलाई कार्वाही नगरे सो दिवन सम्पन्न गर्न नदिने धक्की दीपक पाण्डेले शिव गाउँलेलाई दिएको भएपनि क्रान्तिकारी पत्रकार संघ र प्रेस युनियनका कारण दीपक पाण्डेको धम्कीले खासै असर पारेको थिएन ।
काठमाडौं शाखामा अध्यक्ष चौलागाईले मनमरी ढंगले रकम असुली, बार्गेनिङ्ग गरेको धेरै प्रमाणहरु भएको भएतापनि त्यसको समर्थन नगरी त्यस्ता गलत कार्यको विरुद्ध भण्डारी लागेपछि भण्डारी विरुद्ध चौलागाईले दीपक पाण्डे मार्फत महासंघका दबाद दिने र प्रेस चौतारीका अध्यक्ष राजेन्द्र अर्यालले शिव गाउँलेलाई दबाव दिएको पनि महासंघका एक सदस्यले बताएका छन् । त्यत्तिमात्र होइन भण्डारीको निलम्बनका लागि महासंघको पछिल्लो बैठकमा राजेन्द्र अर्याल आफै पुगेको पनि महासंघको स्रोतले बताएको छ ।
महासंघलाई संस्थागत रुपमा अगाडि बढाउनु पर्ने आफ्नो अडानलाई यथावत राख्दै आएका भण्डारीलाई निलम्बन गरेर महासंघले कस्ता पदाधिकारीलाई जोगाईराखेको छ भन्ने कुरा घाम जत्तिकै छर्लङ्ग छ । स्मरण रहोस् निर्वाचन भएको करीव तीनबर्षसम्म पनि महासंघको आर्थिक पारदर्शिताका लागि लड्दै आएका भण्डारीले गर्नु पर्ने कोषाध्यक्षको काम चौलागाई आफैले गर्दै आएका छन् भने महासंघको रकम आफै ल्याउने र आफै खर्च गर्ने गरेका छन् । जसको प्रमाण काठमाडौं शाखाले आफ्नो साधारणसभामा प्रकाशित गरेको बुलेटिनले नै प्रष्ट पार्दछ । यसरी स्वतन्त्र संस्थाको रुपमा रहेका नेपाल पत्रकार महासंघमा प्रेस चौतारीको दादागिरी कतिदिनसम्म चल्ने हो हेर्न वाँकी नै छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा