ठूला दलले भाग नलिए पनि अब चुनाव हुन्छ : बामदेव गौतम

४ असार २०७०, मंगलवार १७:०३ मा प्रकाशित

काठमाडौं, ४ असार । सरकार र मुख्य चार दलले असन्तुष्ट पक्षलाई सहमतिमा नल्याएसम्म चुनावको औचित्य नहुने जनाइरहेका बेला एमाले उपाध्यक्ष बामदेब गौतमले भने मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी र उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नआए पनि चुनाव हुने दाबी गरेका छन् । अब त ठूलै दलले भाग लिन्न भने पनि त्यसको अर्थ नरहने भन्दै गौतमले जसले भाग लिँदैनन् त्यसको परिणतिको जवाफदेही उनीहरु आफैंले लिनुपर्ने बताए । नेकपा-माओवादीलगायतका असन्तुष्ट दलहरुहरुले अघि सारेको माग पुरै हुन नसक्ने गौतमको कथन थियो । 
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता गौतमले जो जसले चुनाव विथोल्ने धम्की दिए पनि मंसिर ४ गते संविधानसभाको निर्वाचन भएरै छाड्ने बताए । उनले अब कुनै पनि हालतमा संविधानसभाको संख्या ६०१ हुन नसक्ने दाबी पनि गरे ।

प्रतिक्रिया
सम्बन्धित खवर

वासिङ्टन। अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शुक्रबार युक्रेनलाई लिएर रुससँगको द्वन्द्व “टार्नै नसकने” अवस्थामा नपुगेको बताउँनुभएको छ । “कूटनीतिक पहलका लागि

काठमाडाैं।पाँच दलीय सत्ता गठबन्धनकाे बैठक प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा जारी छ । केही बेर अघि सुरु भएकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस

ताप्लेजुङ । ताप्लेजुङमा आजदेखि कोरोना विरुद्धको कोभिडशिल्ड खोपको दोस्रो मात्रा लगाएकालाई नियमित खोप केन्द्रमार्फत बुष्टरडोज लगाइने भएको छ । कोभिशिल्ड

कास्की । कास्कीको माछापुच्छ«े गाउँपालिका–६ भिँडाबारीमा लामो समयदेखि निर्माण चर्चामा रहेको एन्फा टेक्निकल सेन्टर(बहुउद्धेश्यीय प्राविधिक केन्द्र) निर्माण हुने निश्चित भएको