एमाले अध्यक्ष र चिनीयाँ राजदूतबीच भेटवार्ता

४ असार २०७०, मंगलवार १६:४२ मा प्रकाशित

काठमाडौं, ४ असार । नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र चिनीयाँ राजदूत वु चुन्ताईबीच भेटवार्ता भएको छ । राजदूत चुन्ताईले खनालनिवास डल्लुमै पुगेर उनीसँग भेट गरेका हुन् । 
भेटमा चिनीयाँ राजदूतले नेपाल सरकारले चुनावको मिति घोषणा गरेकोप्रति चीनले समर्थन र स्वागत गरेको जनाएका बताइएको छ । संविधानसभाको निर्वाचनका लागि आवश्यक सहयोग प्रदान गर्न चीन तत्पर रहेको पनि राजदूतले खनाललाई जानकारी दिएका थिए । चुनावसम्बन्धी निर्णय लिन सरकारलाई स्वतन्त्रता प्रदान गर्ने विषयमा चार दलबीच भएको सहमतिको राजदूतले खुलेर प्रशंसा गरेका थिए ।
अध्यक्ष खनालले चीनियाँ सरकारले दर्शाएको सदासयताप्रति धन्यवाद दिँदै निर्वाचन सम्पन्न गराउन चीनको थप मद्दत आवश्यक पर्ने र त्यो प्राप्त हुने विश्वास व्यक्त गरे । उनले नेकपा–माओृवादी लगायत निर्वाचनको विरोध गरिरहेका दलहरुलाई मनाउन आफूहरुले कोसिस गरिरहेको राजदूत वुलाई जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यालयको मुख्य सचिव पद रिक्त भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेल राष्ट्रिय सभा

काठमाडौं।विश्वभरी नै कोरोना संक्रमित बढिरहेका छन् । कोरोनाको ओमिक्रोन भेरियन्टका कारण संक्रमणको ग्राफ विश्वभर एकैपटक बढेको हो । पछिल्लो २४

चितवन । वर्षेनी वर्षात्को समयमा मानवबस्ती पस्ने नारायणी नदीमा रु चार अर्ब ७२ करोड बराबरको तटबन्ध निर्माण सुरु गरिएको छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् । बुधबार १९