डा. सशांकद्वारा सहयोगको अपिल

४ असार २०७०, मंगलवार १६:४० मा प्रकाशित

काठमाडौं, ४ असार । लगातारको वर्षाका कारण आएको बाढी–पहिरोले मुलुकका विभिन्न भागमा ठूलो क्षति पु¥याएको घटनाप्रति नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य सशांक कोइरालाले दुःख प्रकट गर्नुभएको छ । अविरल वर्षाबाट दार्चुला, कन्चनपुर, डडेल्धुरा, हुम्ला, नवलपरासी र पाल्पा अत्यधिक प्रभावित रहेको उल्लेख गर्दै नेता कोइरालाले एक विज्ञप्तिमार्फत् विपत्तिमा परेका परिवार तथा असहायहरूको उद्धार एवम् सहयोगका लागि अपिल गर्नुभएको छ ।
यो घटना प्राकृतिक विपत्ति भएकोले निःस्वार्थ र निश्पक्ष भावले सहयोग पु¥याउनुपर्ने डा. कोइरालाको आग्रह छ । उहाँद्वारा मंगलबार जारी विज्ञप्तिमा भनिएको छ– ‘यस विपत्तिमा परेका परिवार असहायहरुको उद्धार अहिलेको आवश्यकता हो । तसर्थ, नेपाल सरकारले पक्षपातरहित भएर, उद्धार कार्यमा कुनै राजनीति नगरी उद्धार र सहयोग गर्न हार्दिक अनुरोध गर्दछुु । म नेपाल स्वास्थ्यकर्मी संघका साथीहरुलाई पनि यथासिघ्र प्रभावित क्षेत्रमा पुगी प्रभावित व्यक्तिहरूको उद्धार र उपचारमा सक्रिय हुन अनुरोध गर्दछु । यसैगरी प्रभावित क्षेत्रका नेपाली काङ्ग्रेसको जिल्ला र क्षेत्रीय कार्य समिति, भातृ संगठनका साथीहरूलाई पनि प्रभावित क्षेत्रमा पुगी सहयोग गर्न हार्दिक अपिल गर्दछु ।’

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ।संसद् अधिवेशन चालु रहेको अवस्थामा संसद् बैठक प्रायः नियमित बस्नुपर्छ। हिउँदे अधिवेशनमा विधेयक पारित गर्ने र बर्खे अधिवेशनमा बजेट पारित

काठमाडौं।भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भइरहेका बेला उनकै पार्टी जनता समाजवादी पार्टी (जसपा) मा पनि विरोधका स्वरहरू

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ५३०६ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौँ जिल्लामा

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ । ५ माघमा